Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

अनुसन्धान निष्पक्ष रुपमा गर्ने हो भने धेरै नेता जेल जान्छन्ः रवि लामिछाने


ग्लोबल पाना
शुक्रबार, भदौ १ २०८०
  • 389
    SHARES

  • images
    अनुसन्धान निष्पक्ष रुपमा गर्ने हो भने धेरै नेता जेल जान्छन्ः रवि लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले अहिले नक्कली भूटानी शरणार्थी काण्ड, ललिता निवास काण्ड र सुन काण्डमा आँखा चिम्लेर अनुसन्धान गर्ने हो भने देशका धेरै शिर्ष नेताहरू जेल जाने बताएका छन् ।

    images
    images
    images

    शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी झापा विर्तामोडको जनसभालाई सम्बोधन गर्दै यी तीनवटै काण्डमा कुनै नेता तथा पार्टीहरु अछुतो नरहेको बताउँदै निष्पक्ष छानबिन गर्ने हो भने, औंलामा गन्ने नेताहरू मात्रै यस काण्डबाट बाँकी रहने उनको भनाई छ ।

    साथै उनले यस काण्डका फायलहरु निष्पक्ष ढंगले खोल्न आफुहरुले सरकारलाई दबाब दिइरहेको बताए । बिहीबारदेखि झापा र इलाम दौडाहमा रहेका रास्वपा सभापति लामिछानेले जनसभालाई सम्बोधन गर्दै ३२ वर्ष गल्ती गरेर अबको चार वर्ष त्यस गल्तीलाई लुकाउने दौडमा अन्य पार्टी र त्यसमा आबद्ध नेताहरु लागि परेको आरोप लगाएका छन् । उनले भने, ‘अब जनता जागरुक भइसके क-कस्ले के-के गर्दै छन् त्यो सब जनता जानकार छन् ।

    अब गल्ती गर्ने कोहि पनि रहँदैन ।’ बिहीबार इलामको फिक्कलमा रास्वपाको जनसभा सम्पन्न भइसकेको छ भने शुक्रबार र शनिबार झापाको विभिन्न क्षेत्रमा जनसभा हुनेछ ।

    सभामा सभापति लामिछानेसहित महामन्त्री मुकुल ढकाल, प्रमुख सचेतक सन्तोष परियार, केन्द्रीय सदस्य रमेश प्रसाईं, माननीय मनिष झा, माननीय अशोक कुमार चौधरी, माननीय निशा डाँगीलगायका केन्द्रिय नेताहरुले सम्बोधन गरिरहेका छन् ।

    त्यस्तै जिल्लाको विभिन्न स्थानबाट रास्वपाका सदस्य तथा शुभचिन्तकहरुको उलेख्य जनसहभागिता रहेको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ