सुर्खेत। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन तहका सरकार एक अर्कोको परिपूरक भएको बताएका छन्। विश्वका उत्कृष्ट संविधान जस्तै नेपालको संविधान पनि उत्कृष्ट रहेको उनले बताए। प्रदेश सरकार जिम्मेवार भई काम गर्न आग्रह गरेका छन्।
कणर्ालीको समस्य नजिकबाट नियालेको कुरा बताउँदै प्रधानमन्त्री दाहालले कणर्ालीले उठाएका सबै मुद्दामा सहमत भएको समेत बताए। कणर्ाली एक सभ्याता भएको उनले बताए। कणर्ाली सधैँ आफ्नो प्राथमिकतामा रहेको उनको भनाइ छ।
कणर्ालीको सबै खालका सडक निर्माण गर्न पहल जारी राखेको बताएका उनले चीन भ्रमणको समयमा केही सडकको बारेमा कुरा हुने बताए। कणर्ाली प्रदेश स्थापना दिवसको अवसरमा आयोजत कार्यक्रममा प्रधानमन्त्री प्रचण्डसहित ऊर्जामन्त्री शक्ति बस्नेत, मुख्यमन्त्री राजकुमार शर्मालगायतका मन्त्रीहरुको सहभागिता रहेको छ।
प्रतिपक्ष दलका नेता यामलाल कँडेलले कणर्ाली करिडोर र भेरी करिडोरमा दुई लेनको सडक निर्माण गरे कणर्ाली समृद्धिको एक ढोका खुल्ने बताए।
.gif)




 x 450 (H) Global Pana.jpeg)


