काठमाडौं । स्पेनले महिला फुटबल विश्वकप २०२३ को उपाधि जितेको छ । फाइनलमा उनले इङ्ल्यान्डको महिला टोलीलाई १-० ले हराएको हो । अष्ट्रेलियाको सिड्नीमा आइतबार भएको फाइनलमा स्पेनका लागि ओल्गा कार्मोनाले विजयी गोल गरेकी हुन् । सेमिफाइनलमा पनि कार्मोनाले स्विडेनविरुद्ध विजयी गोल गरेकी थिइन् ।
योसँगै स्पेनिस टोलीले पहिलो पटक महिला फुटबल विश्वकपको उपाधि जित्न सफल भएको छ ।
फाइनलको २९ औं मिनेटमा ओल्गा कार्मोनाले एक मात्र गोल गरिन् । विश्वकप फुटबलको उपाधि जित्ने स्पेन पाँचौं टोली हो ।
यो महिला फुटबल विश्वकपको ९ औं संस्करण हो । स्पेनिस टोलीले पहिलो पटक उपाधि जितेको हो । यसअघि अमेरिकाले चार पटक, जर्मनीले दुई पटक र नर्वे र जापानले एक-एक पटक उपाधि जितेका छन् ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


