Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको सुनुवाइ जारी


ग्लोबल पाना
सोमबार, भदौ ४ २०८०
  • 273
    SHARES

  • images
    प्रस्तावित प्रधानन्यायाधीश  विश्वम्भरप्रसाद श्रेष्ठको सुनुवाइ जारी

    काठमाडौं। प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ सुरू भएको छ। सिंहदरबारमा आज संसदीय सुनुवाइ समितिमा उनको संसदीय सुनुवाइ प्रक्रिया सुरू भएको हो।

    images
    images
    images

    यसअघि उनीविरूद्ध परेको उजुरीका विषयमा सुनुवाइ भएको थियो। उनीविरूद्ध तीनवटा उजुरी परेको थियो। संवैधानिक परिषद्को बैठकले नाम सिफारिस गर्ने र संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

    प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उमेर हदका कारण गत साउन २० गते अवकाश लिएका थिए।

    संवैधानिक परिषद् बैठकले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्तिका लागि गत साउन १८ गते सिफारिस गरेको थियो भने साउन २३ मा बसेको सुनुवाइ समितिको बैठकले श्रेष्ठविरुद्ध १० दिनको म्याद दिएर उजुरी आह्वान गरेको थियो।

    श्रेष्ठले सुनुवा समितिमा आफ्नो विशेष कार्ययोजनापनि प्रस्तुत गरेका छन्। उनले फैसला कार्यान्वयन अभियान चलाउनेसहितका विशेष योजना प्रस्तुत गरेका छन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ