Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

आज राष्ट्रपतिको आह्वानमा सर्वदलीय बैठक


ग्लोबल पाना
मंगलबार, भदौ ५ २०८०
  • 356
    SHARES

  • images
    आज  राष्ट्रपतिको आह्वानमा सर्वदलीय बैठक

    काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले आज सर्वदलीय बैठक आह्वान गरेका छन्। राष्ट्रपति पौडेलले संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेतासँग संसदको गतिरोधको बिषयलाई लिएर सर्बदलीय बैठक बोलाएका हुन्।

    images
    images
    images

    राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार मंगलबार बिहान साढे ८ बजे शीतलनिवासमा बोलाइएको बैठकमा प्रमुख राजनीतिक दलका शिर्ष नेताहरुको उपस्थिति रहने छ। तर, उनले समसामयिक विषयमा छलफल गर्न राष्ट्रपति पौडेलले बैठक बोलाएको जानकारी दिए।

    सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने मागसहित प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर संसद अबरोध गरेपछि राष्ट्रपति पौडेलले त्यसमा चासो ब्यक्त गर्दै आएका छन्।

    सो बिषयलाई लिएर राष्ट्रपति पौडेलले एमाले अध्यक्ष ओलीसँग तथा गत आइतबार बेलुका मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटबार्ता गरी जारी संसद अबरोधको बिषयमा गम्भिर चासो ब्यक्त गरेका थिए।यद्यपि सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठकमा संसदको गतिरोध अन्त्य गर्ने सहमति भइसकेको छ।

    संदसमा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलहरुबीच सुन तस्करी प्रकरणमाथि छानबिनका लागि गठन गरिने समितिको कार्यादेश (टिओआर) तय गर्ने सहमति भएको हो। आजसम्म कार्यादेशको मस्यौदा तयार पार्ने गरी दलहरुबीच सहमति जुटेको छ। आजसम्म छानबिन समितिको टिओआर तयार गर्नका लागि नेकपा(एमाले)का नेता सुवासचन्द्र नेम्वाङ, नेपाली कांग्रेसका नेता रमेश लेखक र नेकपा(माओवादी केन्द्र)का नेता हितराज पाण्डे सदस्य रहने गरी सोमबार बसेको बैठकले कार्यादेश समिति गठन गरेको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ