Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

७ जना शिशुको हत्या गर्ने नर्सलाई आजीवन जेल सजाय


ग्लोबल पाना
मंगलबार, भदौ ५ २०८०
  • 212
    SHARES

  • images
    ७ जना शिशुको हत्या गर्ने नर्सलाई आजीवन जेल सजाय

    लन्डन। सात जनाको शिशुको हत्या गर्ने बेलायती नर्स लुसी लेटबीलाई आजिवन कारावासको सजाय सुनाइएको छ। उत्तरी इङ्गल्याण्डको एक अस्पतालमा काम गर्दा सात नवजात शिशुको हत्या र कम्तीमा छ जनाको हत्या प्रयास गरेको अभियोगमा बेलायतको अदालतले उनलाई आजीवन कारावासको सजाय सुनाएको हो। न्यायमूर्ति जेम्स गसले आजीवन कारावासबाट प्रारम्भिक रिहाइको लागि सबै प्रावधान खारेज गरे र उनको अपराधको गम्भीरतालाई लिएर ३३ वर्षीया नर्सले आफ्नो सम्पुणर् जीवन जेलमा बिताउनु पर्ने घोषणा गरे।

    images
    images
    images

    लेटबीलाई गत हप्ता सात नवजात शिशुको हत्या र अन्य छ वटा बच्चाको हत्या प्रयासको सातवटा मुद्दामा दोषी ठहर गरिएको थियो। सजाय सुनाउने टिप्पणीमा न्यायमूर्ति गसले म्यानचेस्टर क्राउन कोर्टमा कडा हिरासतमा सजाय सुनाउँदै भने, ‘नर्सले विश्वासको घोर उल्लंघन र पूर्वचिन्तन, मूल्यांकन र चतुरताको साथ काम गरेकी छिन, त्यसले उनलाई भारी सजायँ दिइन्छ।’ ‘तपाईंले गरेको व्यवहार बालबालिकाको पालनपोषण र हेरचाह गर्ने सामान्य मानवीय प्रवृत्तिको पूणर्तया विपरीत थियो र चिकित्सा र हेरचाह पेशामा काम गर्ने व्यक्तिहरूमा सबै नागरिकहरूले राखेको विश्वासको घोर उल्लंघन थियो,’ न्यायाधीशले भने।

    ‘तपाईंले हानि गरेका बालबालिका समयअघि नै जन्मिएका थिए र कतिपय बाँच्न नसक्ने जोखिममा थिए तर प्रत्येक घटनामा तपाईले उनीहरूलाई मार्ने नियतले जानाजानी हानी पुर्‍याएको देखियो,’ सजायँ सुनाउँदै उनले भने। गत शुक्रबार सोही अदालतका न्यायाधीशले नर्सलाई १० महिनाको सुनुवाइ पछि सात नवजात शिशुको हत्या र छ जनाको हत्या प्रयास गरेको अभियोगमा दोषी ठहर गरे पछि अहिले सजाय सुनाइएको हो।

    बेलायतमा जन्मेका भारतीय मूलका डाक्टर रवि जयरामले हत्यारा नर्सलाई समात्न महत्वपूणर् भूमिका खेलेका थिए। डा. रवि जयराम हत्यारा नर्सको बारेमा शंका उठाउने र उच्च अधिकारीहरूलाई उजुरी गर्ने मध्ये एक थिए। उनकै उजुरीको आधारमा उनलाइ पक्राउ गरी सजायँ सुनाइएको हो।

    बेलायती प्रधानमन्त्री ऋषि सुनकले यसका लागि नर्सको निन्दा गर्दै उनलाई कायर भनेका छन्। आफ्नो सरकारले सजाय पाएका अपराधीलाई दोषी ठहर गरे पछि पीडितलाई सजाय भोग्न बाध्य पार्न कानून परिमार्जन गर्ने विचार गरिरहेको पनि बताए। उनले भने, ‘सबैले यो समाचार पढिरहँदा मलाई लाग्छ, यो निकै स्तब्ध र पीडादायी छ।’

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ