Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

लाखे नाच हेर्न मैतीदेवी मन्दिर पुगे गगन थापा


ग्लोबल पाना
मंगलबार, भदौ ५ २०८०
  • 314
    SHARES

  • images
    लाखे नाच हेर्न मैतीदेवी मन्दिर पुगे गगन थापा

    काठमाडौं। नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापा मैतीदेवी मन्दिरबाट निकालिएको लाखे नाच हेर्न पुगेका छन्। मैतीदेवी युनाइटेड क्लबको आयोजनामा मैतीदेवी मन्दिरबाट निकालिएको १६ दिनसम्म चल्ने यो नाच हेर्न महामन्त्री थापा झरीमा रुझ्दै मैतीदेवी मन्दिरमा पुगेर स्थानीय संस्कृतिप्रेमी, स्थानीय संस्कृति बचाउ अभियानका अभियन्ताहरुलाई हौस्याइरहेका देखिन्थे।

    images
    images
    images

    नागपञ्चमीका दिन दिनभर पानी परेपछि गगन अपराह्न्नतिर मन्दिरमा पुगेर लाखे नाचमा सहभागी भएको मैतीदेवी युनाइटेड क्लबका संस्थापक अध्यक्ष राम खड्गीले जानकारी दिए। सडकदेखि सदनसम्म आफ्नो बाक्लो उपस्थिति जनाउन रुचाउने युवा नेता गगनले स्थानीयको एक वचनका आधारमा आफ्नो उपस्थिती जनाएका हुन्।

    सोमबारदेखि सुरु भएको मैतीदेवीको लाखे नाच १६ दिनसम्म चल्नेछ।  सदिऔँदेखि चल्दै आएको मैतीदेवीको यो लाखे नाच विभिन्न कारणले ३ दशकदेखि रोकिएर यसवर्षबाट सञ्चालनमा आएको स्थानीय बासिन्दाहरु बताउँछन्।

    यसअघि यो परम्परा जोगाउने नाच संचालन गर्दै आएका स्थानीयहरु बसाइँ सरेर गएका कारण, आर्थिक हिसाबले पनि खर्चिलो भएका कारण ३ दशकदेखि रोकिएको यो परम्परालाई निरन्तरता दिने चेष्टामा मैतीदेवी युनाइटेड क्लबको जुझारु टिम लागिपरिरहेको छ।

    जसका कारण लाखे नाचको पहिलो दिन मुकुटको पूजा अर्चना गरि लामो समयदेखि स्थगित लाखे नाचलाई निरन्तरता दिने काम सुरु गरिएको स्थानीय तथा संस्कृतिविद्ध कृष्ण निरब शाही बताउँछन् । लामो समयदेखि स्थानीय संस्कृति बचाउ अभियानमा सक्रिय रहेका शाहीका अनुसार लाखे नाच नेवार समुदायले कुनै विशेष जात्रा अथवा पर्वको उपलक्षमा लाखेको मुकुट पहिरिएर गरिने परम्परागत नृत्य हो।

    नेवार समुदायमा विभिन्न प्रकारका नाचहरु नाचिन्छन् । प्राय नाच देवीदेवताका हुन्छन् । यीमध्ये लाखे नाच धेरै रोचक हुन्छ । राक्षसको स्वरूपमा बनाइने खप्पर, कालिकाको वस्त्रसहित व्यक्तिलाई सिंगारेर लाखे नचाउने गरिन्छ । उपत्यकामा लाखे नाच नचाउने प्रचलन कहिलेदेखि सुरुआत भयो भन्ने कुरामा बिभिन्न मतभेद रहेको छ ।

    कसैले राजा हरिसिंहदेवले सिम्रौनगढबाट तलेजु भवानीलाई उपत्यकामा ल्याउँदा देवीसँगै लाखेलाई ल्याइएको हो भनिन्छ । कतिपयले भने नुवाकोटबाट आएका ठकुरी राजाले लाखेलाई उपत्यकामा ल्याएका हुन भन्ने तर्क पनि राख्दछन । नेपाल भाषा वंशावलीअनुसार लाखे नाचको चलन राजा गुणकामदेवले सुरु गराएका हुन् भन्ने भनाइ पनि छ । तर, राजा प्रताप मल्लका पालादेखि मुकुट लगाई लाखे नाच नाच्ने गरेको पाइन्छ ।

    लाखे नाचको ठाउँ अनुसार आ आफ्नै मूल्य र मान्यता भएता पनि मैतीदेवीको लाखेको कथा अन्य स्थानको भन्दा भिन्न छ । अन्य स्थानमा लाखे नाच प्रेमसँग सम्बन्धित् हुँदा मैतीदेवीको लाखेलाई धोबी खोलामा झुक्याएर लगेर कृष्ण अष्टमीका दिन वध गरिएको हो भन्ने किंवदन्ती छ । खासमा लाखेले स्थानीयलाई अनाहकमा दिएको दुःखपछि लाखेलाई वध गर्नुपर्नेसम्मको अवस्थामा स्थानीयहरु पुग्न बाध्य हुन्छन् । र पछि सोही सम्झनामा नागपंचमीको दिनदेखि कृष्णअष्टमीको दिनसम्म लाखे नाच नाच्ने परम्परा रही आएको हो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ