भरतपुर । चितवन उद्योग संघ, औद्योगिक पाठशाला विभाग र बागमती प्रदेश उद्योग परिसंघको संयुक्त आयोजनामा उद्योगमा तालिम आवश्यकताको पहिचानका लागि इन्स्योर परियोजनाका प्रतिनिधिहरुबीच छलफल कार्यक्रम सम्पन्न भएको छ ।
चितवन उद्योग संघका उपाध्यक्ष एवम् औद्योगिक पाठशाला विभागका संयोजक युग राज वस्तीको अध्यक्षतामा सम्पन्न छलफल कार्यक्रममा उद्योगीहरुबीच मुद्रण उद्योगहरुमा आवश्यक ग्राफिक डिजाइनिङ्ग, वाईन्डिङ, मेशिन अपरेटर, प्री–फ्याप फेब्रिकेशन तथा प्याकेजिङ उद्योगहरुका लागि मेशिन अपरेटर एवम् अन्य आवश्यक दक्ष जनशक्तिका लागि के कस्ता तालिमहरु उपयुक्त हुन्छन् भन्ने विषयमा छलफल गरिएको थियो ।
चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलको विशेष उपस्थितिमा सम्पन्न छलफल कार्यक्रममा संघका उपाध्यक्षहरु मदन घिमिरे, गजेन्द्र अधिकारी, बागमती प्रदेश उद्योग परिसंघका कार्यकारी निर्देशक जगन्नाथ लामिछाने, इन्स्योर परियोजनाका कुश बहादुर गुरुङ, शरण मिजार, रुपा गुरुङ, मुद्रण उद्योग संघ चितवनका अध्यक्ष सन्दिप सुवेदी, संघका कार्यसमिति सदस्य एवम् औद्योगिक पाठशाला विभागका सह–संयोजक गोपाल प्रसाद गैरे, सुरेन्द्र कार्की, संघका सञ्चार अधिकृत राजु भट्ट लगायतको उपस्थिति रहेको थियो ।
चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेश प्रसाद सिलवालले सञ्चालन गर्नुभएको कार्यक्रमलाई बागमती प्रदेश उद्योग परिसंघका बरिष्ठ उपाध्यक्ष लेखराज पोखरेलले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


