Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

नेपाली राष्ट्रिय क्रिकेट टीममा सन्दीपको ठाउँ कसैले लिन सक्दैनन् : कप्तान रोहित


ग्लोबल पाना
बुधबार, भदौ ६ २०८०
  • 318
    SHARES

  • images
    नेपाली राष्ट्रिय क्रिकेट टीममा सन्दीपको ठाउँ कसैले लिन सक्दैनन् : कप्तान रोहित

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले एसिया कपमा आफूहरुले उत्कृष्ट खेल प्रदर्शन गर्ने बताएका छन् ।

    images
    images
    images

    एसिया कपमामा सहभागी हुन पाकिस्तान जानु अघि मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा कप्तान रोहितले एसिया कपको नतिजा आफ्नो नियन्त्रणमा नरहेपनि उत्कृष्ट खेल प्रदर्शन गर्नेमा ध्यान केन्द्रीत गर्ने बताएका हुन् ।

    भारत र पाकिस्तानसंगको खेललाई विश्वलाई हेर्ने भएकाले आफुहरुले कुनै कमजोरी नदोहोराउने उनले बताए । उनले टीममा सन्दीप लामिछानेको विकल्प अरु कसैले लिन नसक्ने भन्दै एसिया कपमा सहभागी हुने विश्वास व्यक्त गरे ।

    त्यस्तै राष्ट्रिय क्रिकेटका मुख्य प्रशिक्षक मोन्टी देसाइले प्रत्येक खेलमा टीमलाई उत्कृष्ट नजिता निकाल्न टीमका प्रत्येक सदस्यहरुको भूमिका महत्वपूणर् रहेको बताए । उनले खेलाडीले पाँच-महिना इन्डोर प्राक्टिस गरेको र एउटा मात्र बलिङ मेसिनमार्फत पुरानो बलले अभ्यास गरेको उल्लेख गरे ।

    खेल अवधिभर खेलका लागि लड्नुपर्ने उनको भनाइ छ । एसिया कप क्रिकेट पाकिस्तान र श्रीलंकामा हुँदै छ । नेपाल घरेलु टोली पाकिस्तान र भारतको समूहमा रहेको छ ।

    जसले गर्दा नेपालले पाकिस्तानसँग पाकिस्तानमा र भारतसँग श्रीलंकामा खेल्ने छ । नेपाल र पाकिस्तानबीचको उद्घाटन खेल मुल्ताननमा भदौ १३ मा हुनेछ । भारतसँगको खेल श्रीलंकाको क्यान्डिमा भदौं १८ मा हुने तय भएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ