Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

उडानकै क्रममा इन्डिगो फ्लाइटमा यात्रुलाई रगत बान्ता भएर निधन


ग्लोबल पाना
बुधबार, भदौ ६ २०८०
  • 404
    SHARES

  • images
    उडानकै क्रममा इन्डिगो फ्लाइटमा यात्रुलाई रगत बान्ता भएर निधन

    काठमाडौं । सोमबार मुम्बईबाट राँचीका लागि उडेको इन्डिगोको विमानमा एक यात्रुको मृत्यु भएको छ । यात्रुले रगत बान्ता गरेपछि विमानले नागपुरमा आकस्मिक अवतरण गर्नुपर्‍यो तर यात्रुलाई बचाउन सकिएन ।

    images
    images
    images

    नागपुर विमानस्थलस्थित किम्स अस्पतालले ६२ वर्षीय पुरुष यात्रुलाई मिर्गौला र क्षयरोगको रोग लागेको र यात्राको क्रममा रगत बान्ता हुन थालेको जनाएको छ । अस्पतालले जारी गरेको विज्ञप्तिमा यात्रुले विमानमा धेरै रगत बान्ता गरेको र अस्पतालमा मृत अवस्थामा ल्याइएको बताइएको छ ।

    राति करिब आठ बजे यात्रुले रगत वान्ता गर्न थाले, जसलाई देखेर पाइलटले नागपुरमा आपतकालीन अवतरण गर्ने निणर्य गरे। इन्डिगो एयरलाइन्सले एक विज्ञप्तिमा भन्यो, “मुम्बईबाट राँचीका लागि इन्डिगोको उडान ६ इ ५०९३ लाई मेडिकल इमर्जेन्सीका कारण नागपुरमा अवतरण गरिएको थियो, यात्रुलाई उपचारको लागि अस्पताल लगिएको थियो।

    तर दुर्भाग्यवश यात्रुलाई बचाउन सकिएन । हाम्रो समवेदना र प्रार्थना उहाँको परिवार र प्रियजनहरूसँग छ। पछिल्लो समय विमानस्थलबाट अस्पतालमा मृतकलाई ल्याइएको यो दोस्रो पटक हो । गत हप्ता, नागपुर-पुणे उडानको प्रतीक्षामा इन्डिगो एयरलाइन्सका ४० वर्षीय पाइलटको मृत्यु भएको थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ