Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

चन्द्रयान तिन को सफ्ट ल्यान्डिङको तयारी, आज भारतले इतिहास बनाउन सक्छ


ग्लोबल पाना
बुधबार, भदौ ६ २०८०
  • 433
    SHARES

  • images
    चन्द्रयान तिन को सफ्ट ल्यान्डिङको तयारी, आज भारतले इतिहास बनाउन सक्छ

    काठमाडौं । चन्द्रयान ३ ले बुधबार साँझ ६.०४ मा चन्द्रमाको सतहमा अवतरण गर्ने प्रयास गर्नेछ । यदि इसरो यो गर्न सफल भयो भने भारत चन्द्रमाको दक्षिणी ध्रुवमा सफ्ट-ल्याण्ड गर्ने पहिलो देश बन्नेछ। साथै अमेरिका, चीन र सोभियत संघपछि भारत चन्द्रमाको सतहमा सफ्ट ल्यान्डिङ गर्ने चौथो देश बन्नेछ ।

    images
    images
    images

    चन्द्रयान २ असफल भएपछि १४ जुलाईमा चन्द्रयान-३ मिसन प्रक्षेपण गरिएको थियो । ५ अगस्टमा चन्द्रयान-३ चन्द्रमाको कक्षमा प्रवेश गरेको थियो । अगस्ट १७ मा, दुबै मोड्युलहरू रोभर र ल्यान्डर स्पेसक्राफ्टबाट अलग गरिएको थियो। दक्षिण अफ्रिकामा हुने ब्रिक्स सम्मेलनमा भाग लिइरहेका प्रधानमन्त्री नरेन्द्र मोदीले अवतरण प्रक्रिया अनलाइन हेर्नेछन्।

    अन्तरिक्ष एजेन्सी इसरोले विश्वास व्यक्त गरेको छ कि “वैज्ञानिकहरूले यस पटक चन्द्रयान-२ बाट सिकेका सबै पाठहरू समावेश गरेका छन्।” यो इसरोको वेबसाइट, युट्युब च्यानल र दूरदर्शन नेशनल मा ५.२० बजेदेखि प्रत्यक्ष प्रसारण हुनेछ। साँझ ६.०४ बजे, विक्रम ल्यान्डरले रोभर प्रज्ञानसँग चन्द्रमाको दक्षिणी ध्रुवमा सफ्ट ल्यान्डिङको प्रयास गर्नेछ। सारा विश्वको नजर त्यतै रहनेछ ।

    विशेषगरी रुसी मुन मिसन लुना-२५ आइतबार असफल भएपछि चन्द्रयान-३ को बारेमा कौतुहलता झनै बढेको छ । अवतरण साइट सावधानीपूर्वक चयन गरिएको छ। यस क्षेत्रमा पानीको अंश फेला परेको छ। सन् २००९ मा नासाले चन्द्रमाको सतहमा पानी फेला पारेको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ