बाजुरा । बाजुरामा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन्। बुढीनन्दा नगरपालिका-४ घोडाकोट ताडी खोलामा काठेपुल भत्किँदा बुधबार दिउँसो एक जना बेपत्ता भएका हुन्।
बेपत्ता हुनेमा सोही नगरपालिका-३ लौठारुखका लली ल्वारका २६ वर्षीय छोरा गंग ल्वार रहेका छन्। ल्वारसँगै खोलामा बगेको भैँसीको भने सकुसल उद्धार गरिएको छ।
ल्वार र भैँसीको पाडो भने अहिसम्म नभेटिएको बुढीनन्दा नगरपालिका-३ का वडाअध्यक्ष जंगवीर रोकायाले बताए।
ताडीबाट घोडाकोट आउने क्रममा घोडाकोटताडी खोलामा रहेको काठेपुल भत्किदा बेपत्ता भएका ल्वारको इलाका प्रहरी कार्यालय कोल्टीको टोली र स्थानीले खोजी गरिरहेका छन्।
.gif)




 x 450 (H) Global Pana.jpeg)


