Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

दुबईमा ‘गोर्खा साँझ २०२३’ अक्टोबर ८ मा हुदै


ग्लोबल पाना
बिहीबार , भदौ ७ २०८०
  • 372
    SHARES

  • images
    दुबईमा ‘गोर्खा साँझ २०२३’ अक्टोबर ८ मा हुदै

    दोहा । संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा ‘गोर्खा साँझ’ नामक वृहत सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । युएईलाई कर्म थलो बनाएर बस्ने नेपाली आमाबुवा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई मध्यनजर गर्दै मनोरञ्जन दिन र नेपालको कला संस्कृति तथा पर्यटन प्रवर्धनका लागि कार्यक्रम गर्न लागिएको एआरएनए युएईका उपाध्यक्ष तथा कार्यक्रम संयोजक भीम मल्ल ठकुरीले जानकारी दिए ।

    images
    images
    images

    कार्यक्रम संयोजक मल्ल ठकुरीले बर दुबईस्थित मेट्रो पार्क नजिकै एसके-७ हलमा आगामी अक्टोबर ८ मा दिउँसो २ बजेदेखि सुरु हुने बताए। कार्यक्रममा कलाकार पल शाहसहित रुबिना अधिकारी, कुलेन्द्र बिक, सुरेश लामा, सुप्रिम मल्ल लगायतका कलाकारको सहभागिता रहने छ ।

    सपोर्टेड बाई गैर आवासीय नेपाली संघ यूएईमा कार्यक्रमका लागि विभिन्न संघ संस्थाको सहयोग रहेको बताउँदै उनले कार्यक्रमको प्रमुख अतिथि स्थानीय उद्यमी डा बु अब्दुल्लाह रहने तय भएको बताए ।

    धेरै समयको अन्तरालपछि नेपाली श्रमिकहरूको पिर व्यथा भुलाउन कार्यक्रम गर्न लागिएको भन्दै उनले समयमै आफ्नो सिट सुरक्षि राखी गोर्खा साझ २०२३ मा सहभागिता जनाउन अनुरोध गरेका छन् । कार्यक्रम सम्बन्धी बुझ्नु परेमा ०५०१०९०८४४ सम्पर्क गर्न सकिनेछ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ