Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

काठमाडौं महानगरपालिकाको सञ्चार रजिष्ट्रारमा महेश काफ्ले नियुक्त


ग्लोबल पाना
बिहीबार , भदौ ७ २०८०
  • 328
    SHARES

  • images
    काठमाडौं महानगरपालिकाको सञ्चार रजिष्ट्रारमा महेश काफ्ले नियुक्त

    काठमाडौं । काठमाडौं महानगरपालिकाको ‘सञ्चार रजिस्ट्रार’ मा महेश काफ्ले नियुक्त भएका छन्। सञ्चार, सूचना तथा तथ्यांक व्यवस्थापनलाई व्यवस्थित गर्न बनेको ‘सञ्चार तथा सूचना ऐन २०८०’ को दफा १८ बमोजिम उनलाई सञ्चार रजिस्ट्रार पदमा नियुक्त गरिएको हो।

    images
    images
    images

    यस दफामा सूचना प्रविधि विभागका प्रमुख सञ्चार रजिस्ट्रार हुने व्यवस्था गरिएको छ। काफ्ले सूचना प्रविधि विभागको प्रमुखमा सरुवा भएर आएका हुन्। विभागीय प्रमुखसँगै काफ्लेले रजिष्ट्रारको कार्य जिम्मेवारी सम्हाल्ने छन्।

    उनले बुधबार नै पदबहाली गरे। यस अघि उनी सार्वजनिक निजी साझेदारी एकाईमा थिए। महानगरपालिकाको तथ्यांक र सूचना प्रविधि व्यवस्थापन, वेभ साइट, सामाजिक सञ्जाल, इमेल व्यवस्थापन, अनुगमन तथा नियमन गर्ने, महानगरपालिकाको सञ्चार प्रतिष्ठानको सदस्य सचिवका रुपमा काम गर्ने, सञ्चार रजिस्ट्रारको जिम्मेवारीमा तोकिएका जिम्मेवारी पूरा गर्ने गराउने रजिस्ट्रारका मुख्य काम हुन्।

    नेपालको संविधानको धारा २२६ (१) को व्यवस्थाबमोजिम अनुसूची ८ र ९ मा रहेको अधिकार बाँडफाँडको सूचीमा उल्लेख भएको सञ्चार सम्बन्धी अधिकारको प्रयोग गर्न महानगरपालिकाको २०८० असारमा सम्पन्न नगर सभाको १३ औं अधिवेशनबाट ऐन जारी भएको हो।

    पत्रकारिता, प्रकाशन, प्रसारण, पत्रपत्रिका, सूचना, तथ्यांक, अभिलेख व्यवस्थापन र नियमन गर्न स्पष्ट कानुनी व्यवस्थाका लागि ऐन जारी गरिएको हो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ