Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

नेपालमा ४५ प्रतिशत क्षेत्र वनले ओगटेको छ : अर्थमन्त्री महत


ग्लोबल पाना
बिहीबार , भदौ ७ २०८०
  • 354
    SHARES

  • images
    नेपालमा ४५ प्रतिशत क्षेत्र वनले ओगटेको छ : अर्थमन्त्री महत

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ) सातौं विश्व सम्मेलनका विभिन्न कार्यक्रममा सहभागिता जनाएका छन् । क्यानाडाको भ्यान्कुभरमा आयोजित सम्मेलनमा महतले विभिन्न अन्तर्राष्ट्रिय संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूसँग द्विपक्षीय विषयमा छलफलसमेत गरेका छन् ।

    images
    images
    images

    द्विपक्षीय बैठकका क्रममा अर्थमन्त्री डा. महतले वातावरण संरक्षणको क्षेत्रमा नेपालले गरेका प्रयास तथा उपलब्धिको बारेमा प्रकाश पारेका छन् । बैठकमा बोल्दै मन्त्री महतले नेपालले सामुदायिक वनको अवधारणाबाट वनले ओगटेको क्षेत्रफल झण्डै ४५ प्रतिशत पुगेको जानकारी दिए ।

    यस्तै, उनले पछिल्लो दशकमा बाघको संख्यामा तेब्बर वृद्धि तथा गैंडाको संख्यामा झण्डै दोब्बर वृद्धि भएको जानकारीसमेत दिए ।

    त्यसैगरी, मन्त्री महतले विश्व वन्यजन्तु कोषका प्रमुख संरक्षण अधिकृत निक शेखरन, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम प्रशासक अकिम स्टिनर तथा अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघकी निर्देशक डा. ग्रेथल अग्वीलरसँग जलवायु परिवर्तनले पारेको विश्वव्यापी प्रभाव तथा नेपालले सामना गर्नुपरेका चुनौतीहरू एवं त्यसको न्यूनीकरण गर्ने उपायहरूको बारेमा छलफल गरेका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ