Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

दिवंगत अभिनेता सारुक ताम्राकारको विषय सत्यतथ्य सार्वजनिक गरिदिन आग्रह : मोहन निरौला


ग्लोबल पाना
बिहीबार , भदौ ७ २०८०
  • 514
    SHARES

  • images
    दिवंगत अभिनेता सारुक ताम्राकारको विषय सत्यतथ्य सार्वजनिक गरिदिन आग्रह : मोहन निरौला

    काठमाडौं । नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले दिवंगत अभिनेता सारुक ताम्राकारले न्याय पाउनुपर्ने बताएका छन् । उनले गत २१ असारमा रातोपुलस्थित आफ्नै निवासमा आत्महत्या गरेका अभिनेता सारुकले न्याय पाउनुपर्ने बताएका हुन् ।

    images
    images
    images

    बिहीबार काठमाडौंमा आयोजित सारुक अभिनित अन्तिम चलचित्र ‘ह्यासट्याग माया’को केही दृश्यलाई समेटेर तयार परिएको म्युजिक भिडियो सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष निरौलाले भने, ‘म यो परिवारसँग जोडिएको चार दशक भइसक्यो । उहाँहरू सरुकलाई गुमाउदा जुन पिडामा हुनुहुन्छ त्यसलाई शब्दमा व्यक्त गर्न सकिँदैन । हामी पनि कलाकारसँग जोडिएको विषयलाई अनुसन्धान गरिरहनु भएका प्रहरीलाई छिटै टुंग्याउन र सत्य तथ्य बाहिर ल्याइदिन आग्रह गर्दछौँ ।’ उनले अनुसन्धानमा खटिएका प्रहरीलाई छिटै सत्यतथ्य सार्वजनिक गरिदिन आग्रह गरे ।

    सोही कार्यक्रममा सारुककी आमा रुकमणिले पुत्र वियोगकै कारण पति सानु ताम्राकार अस्पताल भर्ना हुनुपरेको जानकारी गराइन् । उनले भनिन्,’सारुकलाई लिएर सामाजिक सञ्जाल र अन्यत्र विभिन्न अड्कलबाजी भइरहेकाले अनुसन्धानमा खटिएका प्रहरीलाई छिटै सत्यतथ्य सार्वजनिक गरिदिन समेत आग्रह गर्दछौँ । छोरा गुमाएकी छु, के कति कारणले उसले संसार छाड्नु पर्यो भन्ने जान्न पाउने अधिकार छ ।’

    निर्माण कम्पनी रे भेञ्चर्सका अध्यक्ष तथा चलचित्र निर्देशक राजिव गुरुङले सारुकको अन्तिम इच्छा चलचित्र नै सार्वजनिक गरे पनि सो सम्भव नभएका कारण म्युजिक भिडियोको रुपमा सार्वजनिक गरिएको जानकारी दिए । कार्यक्रममा अभिनेता ताम्राकारको आमा रुकमणि ताम्राकार, नेपाल चलचित्र कलाकार संघको अध्यक्ष निरौला, अभिनेत्री सृष्टी श्रेष्ठ, अभिनेता मनिष श्रेष्ठ, निर्माता सरोज न्यौपाने र रोहित अधिकारी, निर्देशक सुदर्शन थापा लगायत उपस्थित थिए ।

    अभिनेता ताम्राकारसँगै अभिनय शिक्षा लिएकी अभिनेत्री सृष्टी श्रेष्ठले पुराना सम्झनालाई स्मरण गर्दै भावुक भइन् । ‘सारुकसँग जोडिएका सम्झना आइरहेका छन् । हाम्रो समुहमा कसैलाई गाह्रो पर्दा सम्झाउने मान्छे यसरी हामीसँग विदा भयो भन्ने स्वीकार्न सकिरहेका छैनौँ । हाम्रो साथीले के-कति कारणले संसार छाड्यो भन्ने जान्न पाउनुपर्छ भन्ने हाम्रो माँग छ । र, हामी अनुसन्धान गरिरहनुभएकासँग आशावादी छौँ’, अभिनेत्री श्रेष्ठले भनिन् । चलचित्र ‘रानी’ बाट अभिनेताका रूपमा उदाएका अभिनेता ताम्राकारले ’मेरी मामू’, ’इन्टु मिन्टु लन्डनमा’ लगायतका चलचित्रमा अभिनय गरेका छन्  ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ