Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

नुवाकोट सेवा समाज युएईद्वारा एनआरएनएमा निर्वाचित भण्डारी र उल्लेखनीय कार्य गर्ने नेपाली महिला सम्मानित


ग्लोबल पाना
बिहीबार , भदौ ७ २०८०
  • 655
    SHARES

  • images
    नुवाकोट सेवा समाज युएईद्वारा एनआरएनएमा निर्वाचित भण्डारी र उल्लेखनीय कार्य गर्ने नेपाली महिला सम्मानित

    काठमाडौं । नुवाकोट सेवा समाज युएईद्वारा  एनआर एनए एनसिसी युएईको सचिव पदमा निर्वाचित नुवाकोटका सुमन भण्डारी र युएईमा हेभी बसको लाईसेन्स प्राप्त गर्ने पहिलो नेपाली महिला शान्ति कुमारी भण्डारीलाई एक कार्यक्रमका बिच सम्मान गरेको छ।

    बरदुबईको मिना बजारमा रहेको द भोज रेस्टुरेन्टमा भएको उक्त कार्यक्रममा बिगत लामो समय देखी युएईमा रहेर सामाजिक कार्यहरु गर्दै आएका नुवाकोटका सुमन भण्डारी र युएईमा हेभी बसको लाईसेन्स लिन सफल पहिलो नेपाली महिला शान्ति कुमारी भण्डारीलाई सम्मानका साथै आगामी दिनहरुमा राम्रो गर्दै जानको लागी शुभकामना दिईएको थियो ।

    कार्यक्रममा बोल्दै एनआर एनए एनसिसी युएईका सचिव सुमन भण्डारीले भने, “मेरो आफ्नो गृह संस्थाको यो सम्मान र आत्मियताको म ऋणी भएको छु । म मेरो कामले त्यो ऋण तिर्ने छु भनी प्रतिबद्दता जनाउँदै संस्थाका आदरणीय व्यक्तित्त्वहरू उपस्थित हुनु भएर मलाई हौशला प्रदान गर्नुहुने सम्पूर्ण सदस्य साथीहरु, अग्रज दाईहरुलाई हृदय देखी नमन व्यक्त गर्दछु । नुवाकोट सेवा समाज युएई द्वारा खेलकुदलाई पनि अगाडि लगेर संस्थाको सामाजिक कार्यहरुमा वृहत माहाेल बनाई अगाडि बढ्नको लागी मैले सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।”

    यसैगरी सम्मानित हुने शान्ति कुमारी भण्डारीले भनिन “संस्थाले  विगत देखि अहिले सम्म गरेको काम प्रति खुसी तथा गर्व महसुस गरेको छु । आगामी दिनमा पनि यस्तै कार्य गर्दै समाज परिवर्तनको लागि अहम भुमिका निर्वाह गर्ने अपेक्षा गरेकी छु ।” बिभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आएकी शान्तिको काम प्रति धेरै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका साथै युएईका बिभिन्न संस्थाहरुले पनि उनको प्रशंसा गरिरहेका छन् । उनले कोभिड-१९ को समयमा पनि धेरै नेपालीहरुलाई सहयोग गरेकी थिईन । त्यसको लागी नेपाली राजदुतावासले समेत बिशेष पासको ब्यबस्था गरेको थियो ।

    उक्त कार्यक्रममा बाेल्दै नुवाकोट सेवा समाज संस्थाका अध्यक्ष नविन आर कार्की निरवले अरु संस्थाहरू भन्दा फरक किसिमले डिजिटल माध्यमवाट संस्थाले गरेको कामको अभिलेख राख्दै काम गर्ने गरेको प्रशंसा धेरै संघ सस्थाबाट आएको जानकारी गराए । साथै संस्थाले विगतको दिनहरूमा गरेको काम प्रति सद्भाव राख्दै आगामी दिनमा अझै ठूलो भूमिका निर्वाह गरेर आफ्नो जिल्लामा रहेको पर्यटन क्षेत्र, कला संस्कृति, परम्परा, राष्ट्रिय निकुञ्ज, मठ मन्दिर र नुवाकोट जिल्लाको हरेक ठाउँको पहिचान गर्दै संरक्षण गर्ने काममा संस्थाको मुख्य भूमिका रहने छ । साथै युएईमा कार्यरत नुवाकोटे दाजुभाई दिदीबहिनीहरुमा कुनै आपत विपत परेको वेला र दुखी पीडितहरुलाई संस्थाले सक्दो सहयोग गरेर उद्दार गर्ने प्रतिबद्धता व्यक्त गरे।

    संस्थाका कानुनी सल्लाहकार प्रल्हाद पाठकका अनुसार नुवाकोट सेवा समाज युएईले भिजिट भिसामा आएर अलपत्र परेको धेरै नेपालीहरुलाई संस्थाले विगत कालदेखि उद्धार गर्दै आइरहेको छ । साथै कतिपय अवस्थामा एजेन्टहरुले विभिन्न प्रलोभन देखाई युएई ल्याई अलपत्र बनाएको हुनाले नेपालबाट कुनै पनि एजेन्टको मााध्यमबाट आउँदा सर्वप्रथम नुवाकोट सेवा समाजलाई जानकारी गराएर एजेन्टले उपलब्ध गराएका कागजातहरु संस्थाको कुनै पनि व्यक्ति समक्ष जाँच गर्न लगाए ती कागजात नक्कली वा सक्कली थाहा हुनुका साथै ठगिन बाट बच्न सकिने बताए ।

    images
    images
    images
     
     

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ