Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

ललिता निवास जग्गा प्रकरणमा माधव नेपाललाई फसाउने षडयन्त्र भयो : मन्त्री ज्वाला


ग्लोबल पाना
शुक्रबार, भदौ ८ २०८०
  • 398
    SHARES

  • images
    ललिता निवास जग्गा प्रकरणमा माधव नेपाललाई फसाउने षडयन्त्र भयो : मन्त्री ज्वाला

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले ललिता निवास जग्गा प्रकरणमा माधव नेपाललाई फसाउने षडयन्त्र भएको बताएका छन् ।

    images
    images
    images

    शुक्रबार अनेरास्ववियूको बैठकलाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका नेता समेत रहेका ज्वालाले माधव नेपाल समकालीन नेताहरुमा सबैभन्दा स्वच्छ छविको नेता भएको भन्दै माधव नेपाललाई फसाउने षडयन्त्र भएको बताएका हुन् ।

    उनले माधव नेपाल भ्रष्टाचारमा संलग्न हुने कुरालाई जनताले पनि नपत्याउने उल्लेख गरे । मन्त्री ज्वालाले ललिता निवास जग्गा प्रकरणमा माधव नेपालमाथि जस्तो सुकै निकायले छानविन गरेपनि प्रतिवाद गर्न तयार रहेको बताए ।

    उनले एमालेबाट विद्रोह गरेपछि पार्टी दर्ता हुन नदिने देखि सुरु भएको षडयन्त्र अहिले पनि जारी रहेको उल्लेख गरे ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ