Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

धनुषाकाे खजुरीमा रेल सङ्ग्रहालय बनाइने : मन्त्री प्रकाश ज्वाला


ग्लोबल पाना
शुक्रबार, भदौ ८ २०८०
  • 354
    SHARES

  • images
    धनुषाकाे खजुरीमा रेल सङ्ग्रहालय बनाइने : मन्त्री प्रकाश ज्वाला

    काठमाडौंं । नेपालमा पहिलो पटक रेल आएको स्थान धनुषा जनकनन्दनी गाउँपालिकाको खजुरीमा रेल सङ्ग्रहालय बनाइने भएको छ ।

    images
    images
    images

    भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले खजुरीमा अहिले पनि ब्रिटिस सरकारले छोडेका १० वटा रेल इञ्जिन रहेकाले त्यस क्षेत्रमा सङ्ग्रहालय बनाउन लागिएको जानकारी दिए ।

    मन्त्री ज्वालाले यसै वर्ष काम सक्ने गरी योजना अगाडि बढाइएको बताउँदै भने, “दश कट्ठा क्षेत्रफलभित्र सङ्ग्रहालय बन्दैछ । तत्कालीन समयमा ल्याइएका रेल राखेर सङ्ग्रहालय बनाइनेछ ।”

    मन्त्रालयले रेल्वेको जमिनको चारैतिर पर्खाल निर्माण गर्न र अन्य सम्पत्तिको संरक्षण तथा थप अध्ययनका लागि एक प्राविधिक टोली पठाउन लागेको जनाएको छ । 

    केही साताअघि मन्त्री ज्वालाले सङ्ग्रहालय बनाउने क्षेत्रको स्थलगत भ्रमण पनि गरेका थिए । भ्रमणलगतै उनले रेल विभाग र रेल्वे कम्पनीसँग गरेको छलफलपछि सङ्ग्रहालय बनाउने निणर्य भएको कम्पनीका महाप्रबन्धक निरन्जन झाले बताए ।

    विसं १९९४ मा तत्कालीन ब्रिटिस इन्डिया कम्पनीले पहिलो पटक जयनगरदेखि बिजुलापुरासम्म कार्गो रेल सञ्चालन गरेको थियो ।

    ब्रिटिस इन्डिया कम्पनीले ग्यारेज बनाउन र नेपालको काठ लैजान पहिलो पटक बिजुलापुरामा रेल ल्याएको थियो ।

    फर्किदा स्टिम इन्जिन र डिजेल इन्जिनका १० रेल छोडेको थियो । ती इन्जिनलाई पछि गोरखनाथ, पशुपति, महावीर, चन्द्र, गुहेश्वरी नामकरण गरिएको थियो । - रासस

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ