Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

हात्तीले घर भत्काउँदा १ लाखभन्दा बढी क्षति


ग्लोबल पाना
शनिबार, भदौ ९ २०८०
  • 284
    SHARES

  • images
    हात्तीले घर भत्काउँदा १ लाखभन्दा बढी क्षति

    झापा । झापामा जङ्गली हात्तीले दैनिकजसो गाउँ सहर छिरेर स्थानीयवासीलाई दुःख दिइरहेको छ । आहाराको खोजीमा गाउँ पस्ने हात्तीले लाखौँको क्षति गर्दै आएको छ ।

    images
    images
    images

    शुक्रबार बिहान मात्र दमकमा किराना पसल र स्थानीयको घर भत्काएर करिब रु एक लाखभन्दा बढीको सामान खाइदिएको प्रहरीले जनाएको छ । जिल्लाका विभिन्न सामुदायिक वन क्षेत्रमा दिनभर बस्ने हात्तीले साँझ बिहान घरमा भण्डारण गरेको अन्नबाली खाइदिने, लहलह भएको धान कुल्चेर नष्ट गर्नेदेखि किराना पसल नै फोरेर सामान खाने गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालका अनुसार आज बिहान मात्र जङ्गली हात्तीले दमक नगरपालिका-३ दीपज्योति चोकका वीरबहादुर खत्रीको किराना पसल भत्काएर रु ६० हजारको सामान खानुको साथै नष्ट गरेको छ । प्रेमबहादुर निरौलाको किराना पसलको पक्की पर्खाल भत्काएर फ्रिजमा क्षति पुर्‍याएको छ ।

    फ्रिज भत्काउँदा रु २५ हजार बराबरको क्षति पुगेको उनले बताए । सोही स्थानका बलबहादुर श्रेष्ठको जस्ताको छानो, टाटीको बेरा भएको घर भत्काएर भण्डार गरेको रु सात हजार बराबरको चामल, मकै खाइदिएको उनको भनाइ छ ।

    मेचीनगर, कचनकवल, हल्दिबारीका विभिन्न स्थानमा दैनिक जसो हात्तीले स्थानीयवासीको घर भत्काउने, भण्डारणको अन्न खाइदिने गर्दै आएको छ । जिल्लामा करिब १२ रैथाने हात्ती रहेको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।

    पछिल्लो समय गाउँसँगै हात्ती सहर केन्द्रित हुन थालेको छ । केही समयअघि कनकाई नगरपालिकाको सुरुङ्गा बजार, चारआली बजारलगायका क्षेत्रमा प्रवेश गरेर हात्तीले पसल भत्काउने, व्यापारीले राखेको फलफूल खाइदिने गरेको थियो ।

    रैथाने हात्ती हुल बाँधेरभन्दा पनि एक्लै हिँड्ने गरेको प्रहरीको भनाइ छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ