Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

चन्द्रयान-३ अबतरण भएको चन्द्रमाको स्थललाई मोदीले ‘शिबशक्ति पोइन्ट’ नाम दिए


ग्लोबल पाना
शनिबार, भदौ ९ २०८०
  • 588
    SHARES

  • images
    चन्द्रयान-३ अबतरण भएको चन्द्रमाको स्थललाई मोदीले  ‘शिबशक्ति पोइन्ट’ नाम दिए

    बैंग्लोर । प्रधानमन्त्री नरेन्द्र मोदीले इसरोका वैज्ञानिकहरूलाई भेटेर चन्द्रयान-३ मिशनको सफलताको लागि बधाई दिएका छन् । सो क्रममा वैज्ञानिकहरूलाई सम्बोधन गर्दै मोदीले धेरै ठूला घोषणाहरू गरेका छन्, जसमध्ये एउटा अनुसार चन्द्रयान-३ मिशनको ल्यान्डर विक्रमले छोएको ठाउँलाई अबदेखि ‘शिव शक्ति पोइन्ट’ भनेर चिनिनेछ।

    images
    images
    images

    यसका साथै पीएम मोदीले ‘तिरंगा प्वाइन्ट’ र ‘राष्ट्रिय अन्तरिक्ष दिवस’ मनाउने घोषणा पनि गरेका छन् । यस नामकरणको कारण स्पष्ट गर्दै प्रधानमन्त्रीले अन्तरिक्ष अभियानको ‘टच डाउन पोइन्ट’लाई नाम दिने चलन रहेको बताए । भारतले चन्द्रमाको जुन भागमा हाम्रो चन्द्रयान अवतरण गरेको छ, त्यसको नाम पनि राख्ने निणर्य गरेको छ ।

    चन्द्रयान-३ को ल्यान्डर जुन ठाउँमा अवतरण भयो, अब त्यो बिन्दुलाई ‘शिव-शक्ति’ भनिनेछ । शिवमा मानवताको कल्याणको संकल्प छ र शक्तिले हामीलाई ती संकल्पहरू पूरा गर्ने क्षमता दिन्छ। चन्द्रमाको शिव शक्ति बिन्दुले कन्या कुमारीसँग हिमालय जोडिएको आभास दिन्छ। चन्द्रयान-३ को सफलतामा प्रधानमन्त्री मोदीले चन्द्रयान-२ को प्रयासलाई पनि स्मरण गरेका छन, उनले चन्द्रयान-२ ले चन्द्रमामा पाइलाको छाप छोडेको बिन्दुलाई अब ‘तिरंगा’ भनिने घोषणा गरे ।

    ‘यो ‘तिरंगा’ बिन्दु भारतको हरेक प्रयासको प्रेरणा बन्नेछ। यो तिरंगा बिन्दुले हामीलाई सिकाउनेछ कि कुनै पनि असफलता अन्तिम हुँदैन,’ उनले भने । प्रधानमन्त्रीले अगस्ट २३ मा भारतले चन्द्रमामा तिरंगा फहराए पछि त्यस दिनलाई अब राष्ट्रिय अन्तरिक्ष दिवसका रूपमा मनाइनेसमेत बताए । प्रधानमन्त्री मोदीले भारत पक्कै पनि अन्तरिक्ष र प्रविधिको क्षेत्रमा विश्व नेताको रूपमा उभिने बताएका छन्।

    अनुसन्धानको यो शक्तिले भारतलाई नयाँ उचाइमा पुर्‍याउने छ र २०४७ मा भारतलाई विकसित देश बनाउने छ। भारतका धर्म ग्रन्थहरूमा पाइने खगोलीय सूत्रहरूलाई वैज्ञानिक रूपमा प्रमाणित गर्न नयाँ पुस्ताहरू तिनीहरूलाई नयाँ अध्ययन गर्न अगाडि आएमा यो हाम्रो सम्पदा र विज्ञानको लागि महत्त्वपूणर् छ, उनले भने ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ