Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

बेनी-जोमसोम सडकमा यात्रा नगर्न प्रशासनको आग्रह


ग्लोबल पाना
शनिबार, भदौ ९ २०८०
  • 716
    SHARES

  • images
    बेनी-जोमसोम सडकमा यात्रा नगर्न प्रशासनको आग्रह

    म्याग्दी । अत्यावश्यक काम परेको अवस्थामा बाहेक बेनी-जोमसोम सडकमार्फत यात्रा नगर्न अनुरोध गरिएको छ । जिल्ला प्रशासन कार्यालयले झरी कारणा सो सडक खण्डका बिभिन्न भागमा पहिरो झरेको र अवरुद्ध रहेकोले ‘अत्यावश्यक’ काममा बाहेक यात्रामा ननिस्कन अनुरोध गरेको हो। 

    images
    images
    images

    कालीगण्डकी करिडोर बेनी-जोमसोम-कोरोला सडक आयोजनाअन्तर्गत अन्नपूणर् गाउँपालिका(३ दाना क्षेत्रका विभिन्न ठाउँमा गएको पहिरोले यातायात अवरुद्ध भएको, गुइँठेमा कालीगण्डकी प्रसारण लाइनको २२० केभी हाइटेन्सन लाइनको टावर जोखिममा रहेको तथा सोही स्थानमा निरन्तर पहिरो झरिरहेकोले जोखिम मोलेर पहिरो पन्छ्याई यातायात खुलाउन खोज्दा विभागीय लोडरका अपरेटर र चालक घाइते भएको तथा पहिरो पन्छ्याउने काम भइरहे पनि जोखिम रहेकोले मानवीय तथा भौतिक क्षति हुनसक्ने भएकोले बेनीदेखी दानासम्म एक साता अत्यावश्यक कामबाहेक यात्रा नगर्न सरोकारवालामा सूचित गरिन्छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

    सो सडक खण्ड हुँदै मुक्तिनाथ देखी माथिल्लो मुस्ताङसम्म यात्रा गरिने गरिएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ