Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

विदेशमा सिकेको सीप, प्रविधि, अनुभव र पूँजीलाई नेपालको विकासमा लगाउन अर्थमन्त्री डा. महतको आग्रह


ग्लोबल पाना
आइतबार, भदौ १० २०८०
  • 250
    SHARES

  • images
    विदेशमा सिकेको सीप, प्रविधि, अनुभव र पूँजीलाई नेपालको विकासमा लगाउन अर्थमन्त्री डा. महतको आग्रह

    भ्यानकुभर, क्यानाडा । अर्थ मन्त्री डा. प्रकाश शरण महतले क्यानाडाको भ्यानकुभरस्थित नेपाली समुदायलाई विदेशमा सिकेको सीप, प्रविधि, अनुभव र पूँजीलाई नेपालको विकासमा लगाउन आग्रह गर्नु भएको छ ।

    images
    images
    images

    क्यानाडाको भ्यानकुभरमा रहनुभएका नेपाली समुदायसँग छलफल तथा अन्तर्क्रिया गर्नेक्रममा अर्थमन्त्री महतले यस्तो आग्रह गर्नु भएको हो । अहिले नेपालमा लगानीमैत्री वातावरण निर्माण हुँदै गएको तथा उर्जा, पर्यटन, सूचना प्रविधि एवं कृषि उद्यम लगायतका क्षेत्रहरू लगानीको लागि आकर्षक रहेको मन्त्री महतले बताउनु भयो ।

    यसैगरी नेपालमा विशेषज्ञ जनशक्तिको अभाव पुरा गर्न नेपाली डायसपोरालाई मद्दत गर्न मन्त्री महतले आग्रह गर्नु भयो । यसैक्रममा उहाँले नेपाली समुदायले उच्च शिक्षाका लागि क्यानाडा आउने विद्यार्थीहरू पर्याप्त सूचना विना आउने गरेको र विभिन्न समस्यामा परेको जानकारी गराउनु भएको थियो ।

    अर्थमन्त्री डा. महत ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ) को ७ औँ विश्व सम्मेलनमा भाग लिन २० अगष्ट २०२३ मा क्यानाडा आउनु भएको थियो । उहाँ भोलि साँझ स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ