Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न परिसङ्घको आग्रह


ग्लोबल पाना
आइतबार, भदौ १० २०८०
  • 303
    SHARES

  • images
    आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न परिसङ्घको आग्रह

    काठमाडौं । नेपाल उद्योग परिसङ्घले विदेशस्थित नेपाली राजदूतावासमार्फत स्वदेशी वस्तुहरुको निर्यात एवं प्रवद्र्धनलाई उच्च प्राथमिकतामा राख्न आग्रह गरेको छ ।

    images
    images
    images

    अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसङ्घ टोलीले आज परराष्ट्रमन्त्री एनपी साउदसँग छलफल गर्दै वैदेशिक लगानी भित्र्याउन, स्वदेशी वस्तुहरुको प्रवर्द्धन गर्न तथा पर्यटन प्रवर्द्धन गर्नका लागि आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राख्न आग्रह गरेको हो ।

    अध्यक्ष अग्रवालले प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्न नीतिगत स्थायित्व, सहज व्यावसायिक वातावरण र छिटो छरितो निणर्य गर्ने संयन्त्र आवश्यक रहेकोमा जोड दिनुभयो । उनले नेपालमा वैदेशिक लगानी आकर्षित गर्न सम्बन्धित देशका लगानीकर्तासँगको व्यावसायिक सम्बन्ध विस्तार गर्न आवश्यक रहेको बताए ।

    यसका लागि नेपाली दूतावासहरुले व्यावसायिक प्रतिनिधिमण्डलको नियमित भ्रमण तथा अन्तरक्रिया गर्न सहजीकरण गर्नुपर्ने परिसङ्घको भनाइ छ । भारतदेखि विराटनगरसम्म सुरु भएको कार्गो रेलवे सेवा सञ्चालनका लागि निरन्तरता दिनुपर्ने, नेपाल-भारतबीच ‘मोटर भेहिकल एग्रीमेन्ट’ गरी नेपाली मालवाहक एवं अन्य सवारी साधनहरुको आवतजावतलाई सहज बनाइनुपर्नेमा परिसङ्घले जोड दिएको छ ।

    छलफलका क्रममा परराष्ट्रमन्त्री साउदले परिसङ्घले उठाएका विषयहरुलाई उच्च प्राथमिकतामा राख्ने बताए । मुलुकमा व्यावसायिक वातावरण बनाउने र स्वदेशी वस्तुको प्रवद्र्धनका लागि कूटनीतिक पहल गर्ने विषयमा मन्त्रालय सधैँ तयार रहने उनको भनाइ छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ