Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

ललिता निवास प्रकरणमा थुनामा रहेकाहरुको बयान आजबाट शुरु हुँदै


ग्लोबल पाना
सोमबार, भदौ ११ २०८०
  • 241
    SHARES

  • images
    ललिता निवास प्रकरणमा थुनामा रहेकाहरुको बयान आजबाट शुरु हुँदै

    काठमाडौं । बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणमा अदालतमा मुद्दा दायर भएको र थुनामा रहेकाहरुको आजबाट बयान शुरु हुँदैछ ।

    images
    images
    images

    सरकारी वकिलको कार्यालय काठमाडौंले हिजो आइतबार २९० जनाविरुद्ध सरकारी लिखत कीर्तेको कसूरमा जिल्ला अदालत काठमाडौमा मुद्दा दायर गरेको थियो ।

    ललितानिवास जग्गा प्रकरणमा भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित १८ जना अहिले थुनामा छन् । थुनामा भएकाहरूको बयान सकिएपछि थुनछेक बहस सुरु हुन्छ ।

    १८ जना बाहेकका प्रतिवादीलाई फरार सूचीमा राखिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले संगठित अपराध कसुरमा अनुसन्धान गरेर सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएकोमा संगठित अपराध कसुरमा प्रमाण नपुग्ने भन्दै सरकारी वकिलको कार्यालयले सरकारी कागजात किर्तेमा मुद्धा दायर गरेको हो ।

    मुद्धा दायर गरिएकाहरुमा बहालवाला सचिव कृष्णबहादुर राउत, सहसचिव सुशील वैद्य, पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारसमेत चार पूर्वमन्त्री, ६ पूर्वसचिवसहित २९० जना रहेका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ