काठमाडौं । नुवाकोट जिल्ला हाल अमेरिका बस्ने समाजसेवी फराकिलो मन, सकारात्मक साेचका धनी युवा रुपक लोहनीले बरिष्ठ गायक रेशम थापाको उपचार को लागि रु १५००० रकम सहयोग गर्नु भएको छ ।
समाजसेवी लाेहनी नुवाकोट जिल्ला बेलकोट नगरपालिका वडा नं. १३ मा जन्म भई हाल अमेरिका बस्दै आउनु भएकाे छ । उहाँले समाजमा दुख पाएका दुखि, गरिव असाहाय लाई मात्र नभई विभिन्न विद्यालय, मन्दिरहरुमा पनि हरेक किसिमवाट सहयाेग गर्दै आउनु भएकाे थुप्रै उदाहरणहरु छन् ।
थापा २०८० भाद्र ९ गते साझ ६ वजे उहाँकै निवास जाेरपाटीमा एक्कासी भुईमा ढल्दा शरिरकाे आधा भाग नचल्ने भएकाे कारणले तत्काल हेल्पिङ ह्याण्ड हस्पिटल चाहविल पुर्याउदा टाउकाेकाे व्रेनकाे नशामा असर पुग्न गएकाे देखिएकाे हुदाँ तत्कालै अपरेसन गर्नु पर्ने भएकाेले उहाँलाई अन्नपूर्ण न्युराे हस्पिटल माईतिघरमा उपचार का लागि लगिएकाे हाे ।
उहाँलाई उपचारमा ठुलै धनराशी खर्च हुने र उहाँकाे आर्थिक अवस्था पनि कमजाेर भएकाे कारण सहयाेगकाे लागि अपिल गरिएकाे थियाे । वरिष्ठ गायक तथा सर्जक रेशम थापाकाे बचाउ अभियान अपिल भए सगै लाेहनीले रु १५००० आर्थिक सहयाेग गर्नु भएकाे हाे ।
लाेहनी समाजसेवा गर्न पाउँदा आफु अत्यन्तै खुसि साथै आफुले गरेकाे सहयाेगले कसैकाे ज्यान बच्छ भने आफुलाई आनन्दित हुने बताउनु हुन्छ । सहयाेग नै धर्म हाे भन्ने उहाँमा पूर्ण विश्वास रहेकाे पाइन्छ ।
गायक थापाकाे उपचारकाे लागि सहयाेग गर्नु भएकाेमा कलाकार को छाता संगठन राष्ट्रिय संगीतकर्मी संघद्वारा लाेहनीलाई विशेष धन्यवाद दिईएकाे छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


