Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

तारकेश्वरको विकास योजना आयोगको उपाध्यक्षमा डा. घिमिरे


ग्लोबल पाना
मंगलबार, भदौ १२ २०८०
  • 278
    SHARES

  • images
    तारकेश्वरको विकास योजना आयोगको उपाध्यक्षमा डा. घिमिरे

    काठमाडौँ । तारकेश्वर नगरपालिकाको विकास योजना आयोगको उपाध्यक्ष पदमा डा कृष्णबहादुर घिमिरे नियुक्त भएका छन् । तारकेश्वरले विकास योजना आयोग (गठन तथा सञ्चालन कार्यविधि) ऐन, २०८० अनुसार सोमबार उनी आगामी तीन वर्षका लागि सो पदमा नियुक्त भएको हो । तारकेश्वर नगर प्रमुख कृष्णहरि महर्जनले डा घिमिरेलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेका हुन् ।

    images
    images
    images

    यसअघि निजामती क्षेत्रमा कार्यरत डा घिमिरेले गत साउन १० गते उमेरहदका कारण अनिवार्य अवकाश लिएका थिए । नेपालको संविधानको धारा २२६ ९१० तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ को उपदफा ९१० ले प्रदान गरको अधिकार प्रयोग गरी तारकेश्वरको १३औँ नगरसभाले सो ऐन पारित गरेको थियो ।

    नव नियुक्त उपाध्यक्ष डा घिमिरेले तारकेश्वरको समृद्धि र विकासका लागि आफूले जिम्मेवार भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे । नगरपालिकाको विकास योजना आयोगले नगरपालिकाको समग्र समृद्धिका लागि दूरगामी सोचसहितको दीर्घकालीन लक्ष्य, मार्गचित्र, नीति तथा योजना तर्जुमा गरी कार्यान्वयनका लागि सिफारिस गर्नेछ ।

    यस्तै नगरपालिकाको विकास सम्भावना र अवसरलाई बृहत्तर अध्ययन, अनुसन्धान गरी सहभागितामूलक विधिबाट अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाको तर्जुमा गर्नेछ ।

    यसैगरी नगरपालिकाको आर्थिक, सामाजिक, सांस्कृतिक, वातावरणीय प्रविधि र पूर्वाधारजन्य विकासका लागि आवश्यक योजना तथा परियोजनाको तर्जुमा, कार्यान्वयनमा सहजीकरण, सुपरीवेक्षण, अनुगमन तथा मूल्याङ्कन गर्नेलगायतका विभिन्न २७ काम, कर्तव्य र अधिकार तोकिएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ