Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

जि स स कास्किद्वारा वडा सदस्यहरूको लागि तालिम


ग्लोबल पाना
मंगलबार, भदौ १२ २०८०
  • 574
    SHARES

  • images
    जि स स कास्किद्वारा  वडा सदस्यहरूको लागि तालिम

    पाेखरा । जिल्ला समन्वय समिति कास्कीको आयोजनामा कास्कीका स्थानीय तहका जनप्रतिनिधि वडा सदस्यहरूको लागि क्षमता अभिबृद्धी तालिम सोमबार शुरु भएको छ। तालिमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गर्नुभएको थियो।

    images
    images
    images

    पौडेलले बिकासका र जनताका काम सहज ढंगबाट सम्पन्न गर्न जनप्रतिनिधिहरूलाइ थप सक्षम बनाउन तालिम आयोजना गरिएको उल्लेख गर्दै सक्रियताका साथ सहभागी हुन आग्रह गर्नुभयो । प्रमुख पौडेलले बिकासमा गुणस्तर र सेवा प्रबाहमा जनताका प्रतिनिधिहरूलाइ कुनै अप्ठ्यारो हुन नहुने र जन प्रतिनिधिहरू समय सापेक्ष परिमार्जित र परिष्कृत हुन तालिम फलदायी हुने बिश्वास ब्यक्त गर्नु भयो।

    सोमबार कास्कीका चारवटा गाउँपालिका र मंगलबार पोखरा महानगर अन्तर्गतका वडा सदस्यहरू सहभागी रहेको जिल्ला समन्वय अधिकारी नवराज बरालले जानकारी दिनुभयो । कार्यक्रममा बिकासका योजना छनोट ,प्रक्रिया र विधि स्थानीय सरकार संचालनमा वडा सदस्यको भुमिका, बिद्यमान ऎन कानुन लगायतका बिषयमा प्रशिक्षण प्रदान गरिने सो कार्यालयका सूचना अधिकारी झबिश्वर रेग्मीले उल्लेख गर्नु भयो।

    कार्यक्रममा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डे , जिल्ला समन्वय अधिकारी नवराज बराल , शाखा अधिकृत झबिश्वर रेग्मी लगायतले सहजीकरण गर्नुभएको थियो। जि.स.स कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा स्वागत उप - प्रमुख सरिता माल र संचालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गर्नुभएको सो कार्यालयका नायब सुब्बा सरस्वती गौतमले जानकारी दिनुभयो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ