काठमाडौं । फरकपत्र मिडियाले आफ्नो ११ औं वार्षिकोत्सव सम्पन्न गरेको छ । शनिबार भएको कार्यक्रममा पूर्व शिक्षा मन्त्री तथा प्रतिनिधिसभा सदस्य माननीय शिशिर खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विशिष्ट वक्तका रूपमा बागमती प्रदेशसभा सदस्य माननीय अमन मास्के रहेका थिए । कार्यक्रममा प्रा.डा. प्रदिपचन्द्र गौतम, प्रा. श्यामकृष्ण विष्ट, डा. घनश्याम पुडासैनी, वरिष्ठ गायक ध्रुवराज खड्का, कलाकार उत्तम कोदे, वक्ताहरुको सहभागिता रहेको थियो ।
फरकपत्र मिडियाको ११ औं एनिभर्सरीको अवसरमा प्रमुख अतिथि शिशिर खनालबाट पानसमा बत्ती, ११ ओटा मैनबत्ति बालेर कार्यक्रमको उद्घाटन गरिनुका साथै प्रमुख अतिथिबाट केक काटेर कार्यक्रम सुरुवात गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि शिशिर खनाल र विशिष्ट अतिथि अमन मास्केबाट २०७९ सालको एसईई परिक्षामा तारकेश्वर नगरपालिका भित्रका विद्यालयमा अध्ययनरत ४ जीपीए ल्याउने ४ जना विद्यार्थी र कक्षा १२ मा ३.६१ जीपीए भन्दा बढि ल्याउने १९ जना विद्यार्थीहरुलाई प्रशंसापत्रबाट सम्मान गरिएको थियो । त्यस्तै तारकेश्वर भित्रका प्लस टु अध्यापन गराउने विद्यालयहरुलाई बेस्ट अवार्ड २०८० प्रदान गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि शिशिर खनालले भन्नुभयो, फरकपत्रले प्रिन्टको क्षेत्रमा ११ वर्षसम्म निरन्तर रुपमा प्रकाशन गर्दै आउनु सामान्य चूनौतिको विषय होइन । यसले आगामी निरन्तरता पाइरहनेछ । अर्को एक प्रसङ्गमा खनालले भन्नुभयो, फरकपत्रले अनलाइनबाट जसरी स्थानीय र राष्ट्रिय महत्वका इस्यूहरुलाई प्राथमिकताका साथ उठाइरहेको छ यसमा धन्यवाद प्रकट गर्दछु । त्यस्तै शिक्षा क्षेत्रको लागि उत्कृष्ट रिजल्ट ल्याउने विद्यार्थी र कक्षा १२ अध्यापन गराउने विद्यालयलाई फरकपत्रले आफ्नो एनिभर्सरीको अवसरमा सम्मान गर्नु राम्रो कार्यको शुभारम्भ भएको छ । शिक्षा विधेयक संसद्मा टेवुल हुनुपर्ने र उच्च शिक्षाका लागि पछिल्लो १० वर्षमा सबैभन्दा धेरै विद्यार्थी बिदेश जानुले सकारात्मक सन्देश दिएको छैन । नेपालमा नै उच्च शिक्षा लिएर यहिँ काम दिने वातावरण सृजना गर्न सरकारले ध्यान दिन आवश्यक छ ।
विशिष्ट अतिथि अमन मास्केले भन्नुभयो, फरकपत्रले निरन्तर समाज रुपान्तरण र विकासका लागि भ्रष्टाचारमा लिप्त हुनेहरुलाई खबरदारी गर्न आवश्यक छ । जनताको पक्षमा खबरदारी गरिरहेको छ । फरकपत्रले शस्तो लोकप्रियतामा विश्वास राख्दैन । निडर र साहसीपूर्वक पत्रकारिता गर्न फरकपत्रको आफ्नै पहिचान छ । विकास र समृद्धिका लागि मिडियाको महत्वपूर्ण भूमिका हुने भएकाले स्वतन्त्रपूर्वक कुनै पक्षधरता नभई मिडियालाई स्थापित गर्न सफल भएकोमा फरकपत्र मिडियालाई धन्यवाद प्रकट गर्नुभएको थियो । सांसद् मास्केले कविता नै प्रस्तुत गर्नु भएको थियो ।
फरकपत्र मिडिया तिमि ताराहरुको बिचमा तिमी,
चम्किालो जुन बनिदेऊ योद्धाहरुको बीचमा तिमी,
महान् योद्धा बनिदेऊ भ्रष्टाचारमा लिप्त हुनेहरुलाई उदाङ्गो पारिदेऊ
संविधान मिच्नेहरुलाई खबरदार भनिदेऊ उत्कृष्टताका बीचमा पनि तिमी,
सर्वोत्कृष्ट फरकपत्र बनिदेऊ तिमी सर्वोत्कृष्ट फरकपत्र बनिदेऊ
हरिसिंह केसीले सांसद्हरुले संसद्मा नयाँ आएको शिक्षा ऐनमा बिदेश जाने होइन, गरिखाने उद्यमी बन्ने शिक्षा ऐन बनाउन जोड दिनुपर्ने बताउनुभयो । त्यस्तै प्रा.डा. प्रदिपचन्द्र गौतमले भन्नुभयो, शिक्षा ऐन आउँदैमा कसैले पनि कोकोहोला मच्चाउन आवश्यक छैन । शिक्षा र स्वास्थ्य जनताको पहुँच र हरेक नेपालीले पूर्ण रूपमा निःशुल्क पाउनुपर्दछ । कक्षा १२ मा ३.६१ देखि ४ जीपीए ल्याउने १९ जना विद्यार्थी जसमा पृथ्वीनारायण मा.वि.बाट २ जना, ग्रामिण आदर्श बहुमुखी क्याम्पसबाट २ जना, लालिगुराँश नेशनल एकेडेमीबाट ६ जना, हिम रश्मी हाई स्कुलबाट ४ जना र कौशल स्कुलबाट ४ जना र त्यस्तै एन्जल हार्ट स्कुलबाट १ जना रहेका थिए । कक्षा १२ मा सबैभन्दा उच्चतम जिपीए कौशलका आयुष तिमिल्सिना ३.८२ जीपीए ल्याउन सफल भएका थिए ।
त्यस्तै लालीगुराँशका सार्जन महताराले ३.७८ जीपीए ल्याउन सफल भएका थिए भने हिम रश्मीका दिव्या कार्कीले ३.७६ जीपीए प्राप्त गरेका थिए । त्यस्तै एसईई परिक्षा २०७९ मा तारकेश्वरभित्र पढेर ४ जीपीए ल्याउने विद्यार्थीहरुलाई पनि सम्मान गरिएको थियो । जसमा हिम रश्मी हाई स्कुलबाट २ जना, एन्जल हार्टबाट १ जना र नर्थ पोएन्ट एकेडेमीबाट १ जना विद्यार्थी रहेका थिए । कार्यक्रममा कक्षा १२ अध्यापन गराउने सामुदकयि र संस्थागत गरी २२ विद्यालयलाई शैक्षिक बेस्ट अवार्ड प्रदान गरिएको थियो ।
कार्यक्रमको अन्तमा धन्यवाद मन्तव्य राख्दै फरकपत्र मिडिया प्रा.लि.का अध्यष सुशान्त न्यौपाने फरकपत्र मिडिया प्रा.लि. अन्तर्गत रहेको फरकपत्र डटकम जनताको आवाजका लागि खह्रो साथ उत्रिने बताउनुभयो । भ्रष्टाचार र अनियमितताका विरूद्ध निरन्तर स्थानीय रुपमा होस् राष्ट्रिय रुपमा खबरदार गरिरहने बताउनुभयो । न्यौपानेले अर्को एक प्रसङ्गमा भन्नुभयो, पत्रकारितालाई व्यवसायसँग जोड्दै समाज रूपान्तरण, विकास र समृद्धिका लागि फरकपत्र पत्रिका र अनलाइनलाई यो ११ वर्षमा जोड्न सफल भएका छौं । आगामी दिनमा पनि पत्रिकालाई निरन्तर रुपमा प्रकाशन गर्दै नाराअनुसार “समावेशी, निष्पक्ष र स्वतन्त्र : लोकप्रिय जनबोली फरकपत्र” भन्ने नारालाई आत्मसाथ गर्दै अगाडी बढेका छौं ।
न्यौपानेले भन्नुभयो, कोही पुग्न नसकेको ठाउँमा पत्रकार पुग्नुपर्छ र कसैले बोल्न नसकेको ठाउँमा पत्रकारले बोलिदिनुपर्छ भन्ने कुरालाई मुलमन्त्र मानेर अगाडी बढेका छौं । भ्रष्टाचारी र राष्ट्रघातीहरुका विरूद्ध सशक्त कलम चलाउँदै राष्ट्रभक्ति र देश विकासमा निरन्तर कलम चलाइरहने बताउनु भएको छ । फरकपत्र मिडिया प्रा.लि.का अध्यक्ष रामशरण न्यौपाने (सुशान्त) को सभापतित्वमा भएको कार्यक्रममा चेतनारायण न्यौपानेले स्वागत मन्तव्य राख्नु भएको थियो भने सञ्चालन भूपाल गौतमले गर्नुभएको थियो ।
.gif)




