Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान २०८०’ सम्पन्न


ग्लोबल पाना
बुधबार, भदौ १३ २०८०
  • 225
    SHARES

  • images
    ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान २०८०’ सम्पन्न

    काठमाडौं । चलचित्र विकास बोर्डको आयोजनामा ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान २०८०’ सम्पन्न भएको छ। राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले ‘दीर्घ साधना सम्मान’ विसं २०७८ बाट अभिनेत्री लक्ष्मी गिरी र ‘दीर्घ साधना सम्मान’ २०८० बाट अभिनेता शिव श्रेष्ठलाई प्रदान गरे।

    images
    images
    images

    दुवै  जनालाई जनही रु तीन लाख ७५ हजारसहित सम्मान गरिएको हो। यस्तै, चलचित्र पुरस्कारतर्फ अभिनेता हरिवंश आचार्य (महापुरुष), अभिनेत्री दीया मास्के (प्रकाश), निर्देशक दिनेश राउत (प्रकाश), लेखक दीपेन्द्र के खनाल (चिसो मान्छे), छायाँकार पुरुषोत्तम प्रधान (लप्पन छप्पन २), सम्पादक निमेष श्रेष्ठ (दोख) पुरस्कृत भए।

    यस्तै, निणर्ायकमण्डलको तर्फबाट ‘ऐना झ्यालको पुतली’ र ‘गोर्खा विनिथ द ब्रेभरी’ लाई विशेष भन्दै ‘निणर्ायक पुरस्कार’ प्रदान गरिएको थियो। उनीहरूलाई जनही रु २५ हजारसहित पुरस्कृत गरिएको हो।

    पुरस्कार वितरण तथा सम्मान समारोहलाई सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सम्मानित तथा पुरस्कृत चलचित्रकर्मीलाई बधाई दिइन्। “चलचित्रले समाज रूपान्तरणमा महत्त्वपूणर् भूमिका खेल्न सक्छ। किनकि यो प्रत्यक्षरूपमा जोडिने बलियो माध्यम हो।

    त्यसैकारण यसको विकास तथा विस्तारका लागि सरकार सहयोग गर्न प्रतिबद्ध छ”, मन्त्री शर्माले भनिन्, “चलचित्र ऐनको विधेयक मस्यौदा भइरहेको छ। त्यसमा चलचित्रकर्मीको सुझाव लिने काम छिट्टै सुरू गर्नेछौं। विधेयक पारित भएपछि चलचित्र क्षेत्रले आशा गरेका धेरै काम सम्पन्न हुनेछन्।”

    कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले दुई वर्षको अवार्ड प्रदान गर्न पाउँदा खुसी लागेको बताए। उनले भने, “पुरस्कारमा सबैलाई समेट्न सकिँदैन तर सबैको प्रतिनिधित्व भने हुन्छ।

    म अध्यक्ष भएदेखि मैले चलचित्रकर्मीको रूपमा देखेको समस्यालाई समाधान गरिरहेको छु। चलचित्र क्षेत्रको हितलाई विशेष महत्त्व दिई बोर्डले काम गरिरहेको छ।” समारोहमा राष्ट्रपति पौडेलले ‘विशेष चलचित्र पुरस्कार २०७८’ दुई चलचित्र ‘टुल्की’ र ‘निरमायाँ’ र ‘विशेष चलचित्र पुरस्कार २०७९’ तीन चलचित्र ‘बुलाकी’, ‘प्रसाद २’ र ‘चिसो मान्छे’ लाई जनही रु दुई लाखसहितको पुरस्कार प्रदान गरे।

    सोही समारोहमा चलचित्र क्षेत्रमा विशेष योगदान दिएको भन्दै कलाकार किरण केसी, अर्जुन श्रेष्ठ, रामचन्द्र अधिकारी, अर्जुनजङ्ग शाही, गीतकार डब्बु क्षेत्रीसहित विभिन्न ३५ जना चलचित्रकर्मी र संस्थालाई कदरपत्रसहित सम्मान गरिएको थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ