Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

७ ओँ उपत्यकाव्यापी बास्केटबल प्रतियोगिता सम्पन्न


ग्लोबल पाना
बुधबार, भदौ १३ २०८०
  • 310
    SHARES

  • images
    ७ ओँ उपत्यकाव्यापी बास्केटबल प्रतियोगिता सम्पन्न

    भक्तपुर । एभरेष्ट इगलिश स्कूल मिवाछें व्यासी भक्तपुरको आयोजनामा भएको ‘सातौं उपत्यकाव्यापी बास्केटबल प्रतियोगिता २०८०’ मंगलबार भक्तपुरमा सम्पन्न भएको छ। प्रतियोगिता सिनियर व्याइज, जुनियर व्याइज र गल्र्स गरी तीन क्यातागोरीमा भएको थियो।

    images
    images
    images

    प्रतियोगिताको सिनियर व्याइजतर्फ ज्ञान निकेतन स्कुल शंखमुल काठमाडौ पहिलो भएको छ भने जुनियर व्याइजतर्फ पनि ज्ञान निकेतन स्कुल नै पहिलो भए।

    गल्र्सतर्फ भने निष्ट स्कुल भक्तपुर प्रथम भएको छ। प्रतियोगिताका उत्कृष्ट विद्यालय तथा विद्यार्थीलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले एक समारोहवीच मंगलबार पुरस्कार तथा प्रमाणपत्र वितरण गरे।

    कार्यक्रममा उनले खेलकुद मौलिक हक अधिकारभित्र नरहेकोले खेलकुद क्षेत्रको विकास हुन नसकेको बताउँदै शिक्षा र स्वास्थ्यजस्ता विषय जनताका आधारभूत बिषय भएको बताए।

    उनले खेलाडीले पढ्दैनन् र पढ्नेले खेल्दैनन् भन्ने मान्यतामा धेरै भिन्नता आएको बताउँदै विद्यालय जीवन देखि शिक्षा र खेलकुदलाई सँगसँगै अगाडि बढाउनु सुखद पक्ष भएको बताए।

    भक्तपुर नपाले खेल क्षेत्रको विकासको लागि प्रशिक्षण, व्यायामशाला स्थापना, खेलाडी सम्मान तथा विभिन्न खेलकुद प्रतियोगिताहरु आदि आयोजना गरी यहाँका खेलाडीहरुलाई उत्साहित गर्दै आइरहेकोसमेत जनाए।

    आयोजक एभरेष्ट इंगलिस स्कूलका प्रअ भक्त राजभण्डारीले विद्यालयको आयोजनामा भएको प्रतियोगितामा ६३६ जना विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको बताए ।

    उनले खेलकुद प्रतियोगिताको मुख्य उद्देश्य मित्रता र प्रतिस्पर्धा हो भन्ने मान्यताका साथ स्कुलले कार्यक्रमहरु गर्दै आएको बताए।

    कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्यले सहभागी सम्पूणर् विद्यालय र विद्यार्थीहरुमा धन्यवाद ज्ञापन गर्दै विद्यार्थीहरुलाई सक्रिय जीवन जिउन प्रेरित गरेका छन् ।

    कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले सातौं उपत्यकाव्यापी बास्केटबल प्रतियोगिताका रेफ्री तथा विजेताहरुलाई प्रशंसापत्र, मेडल तथा शिल्ड प्रदान गरेका थिए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ