Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको सजायमा रोक, धरौटीमा रिहा गर्न आदेश


ग्लोबल पाना
बुधबार, भदौ १३ २०८०
  • 420
    SHARES

  • images
    पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको सजायमा रोक, धरौटीमा रिहा गर्न आदेश

    काठमाडौं । इस्लामावाद उच्च अदालतले मंगलबार पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको सजायमा रोक लगाएको छ । यो प्रतिबन्ध तोषाखाना मुद्दामा लगाइएको हो । बीबीसी संवाददाता शुमाइला जाफरीका अनुसार इस्लामाबाद उच्च अदालतले इमरानलाई जमानतमा रिहा गर्न आदेश दिएको छ । इस्लामावाद उच्च अदालतले सोमबार यस मामिलामा आफ्नो निणर्य सुरक्षित राखेको थियो।

    images
    images
    images

    अगस्ट ५ मा इमरान खानलाई तोशाखाना मुद्दामा दोषी ठहर गर्दै ट्रायल कोर्टले तीन वर्षको जेल सजाय सुनाएको थियो । अदालतको आदेशलगत्तै इमरान खानलाई पक्राउ गरिएको थियो ।

    इमरान खानमाथि आरोप छ कि उनी प्रधानमन्त्री हुँदा उनले र उनकी श्रीमतीले विदेशी नेताहरुबाट प्राप्त उपहार बेचेर कमाएको आम्दानीको जानकारी दिएनन् ।

    उनी हाल अट्टक कारागारमा छन् । तर, इमरान खानविरुद्ध अरु धेरै मुद्दा रहेकाले रिहा नहुने आशंका पनि छ ।

    पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) ले इस्लामाबाद उच्च अदालतमा पूर्वप्रधानमन्त्रीलाई सबै मामिलामा जमानतको माग गर्दै याचिका दायर गरेको छ। ताकि उनी अन्य कुनै मुद्दामा पक्राउ नपरुन् । तर, यो निवेदनको सुनुवाइ भने भएको छैन ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ