Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

एसिया कप क्रिकेटमा डेब्यू गर्दै नेपाल


ग्लोबल पाना
बुधबार, भदौ १३ २०८०
  • 355
    SHARES

  • images
    एसिया कप क्रिकेटमा डेब्यू गर्दै नेपाल

    काठमाडौं। एसिया कप क्रिकेटमा पहिलो पटक सहभागिता जनाउन लागेको नेपालले आज घरेलु टोली पाकिस्तानसित खेल्दैछ। सोह्रौं संस्करणको एसिया कपको उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा आज दिउँसो ३ः१५ बजे हुनेछ।

    images
    images
    images

    नेपाली क्रिकेट टोली एकदिवसीय वरियतामा विश्वको नम्बर एक राष्ट्र पाकिस्तानसँग खेल्ने तयारीमा जुटेकोछ । नेपाल र पाकिस्तानबीच आज पहिलो भेट हुनेछ । एसिया कप पाकिस्तान र श्रीलङ्काले सञ्चालन गर्दैछन्।

    गत वैशाखमा सम्पन्न एसिसी प्रिमियर कपमा च्याम्पियन बनेपछि नेपाल एसिया कपका लागि छनोट भएको हो। उक्त प्रतियोगिताको फाइनल खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई सात विकेटले पराजित गरेको थियो।

    एसिया कपमा १३ खेलमध्ये चार खेल पाकिस्तानमा हुनेछन् भने बाँकी नौ खेल श्रीलंकामा हुनेछन्। प्रतियोगितामा ६ राष्ट्रको सहभागिता रहनेछ। दुई समूहमा विभाजन गरिएको उक्त प्रतियोगिताको समूह ‘ए’ नेपाल, भारत र पाकिस्तान तथा  समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन्।

    नेपालले पाकिस्तानविरुद्धको खेलपछि समूह चरणको दोस्रो खेल भारतसँग यही भदौ १८ गते श्रीलंकामा खेल्नेछ। नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेल, आशिफ शेख, कुशल भुर्तेल, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, अर्जुन साउद, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा र श्याम ढकाल रहेका छन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ