Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

मणिपुरमा फेरि हिंसा भड्कियो, गोली लागेर २ जनाको निधन


ग्लोबल पाना
बुधबार, भदौ १३ २०८०
  • 354
    SHARES

  • images
    मणिपुरमा फेरि हिंसा भड्कियो, गोली लागेर २ जनाको निधन

    काठमाडौं । मणिपुरको कुकी-जोमी बाहुल्य चुराचन्दपुर र मेइती बहुल विष्णुपुर जिल्लाको सिमानामा मंगलबार फेरि दोहोरो गोली हानाहानमा दुई जनाको मृत्यु भएको छ । यी सीमाना जोडिएका जिल्लाको खोइरेन्टेक क्षेत्रमा भीषण गोली हानाहान भएको थियो, जसका कारण अरु धेरै घाइते भएका थिए ।

    images
    images
    images

    गोलीबारीको घटना भएको दिन मंगलबार मणिपुर विधान सभाको एकदिने अधिवेशन बोलाइएको थियो। केही मिनेटपछि नै बैठक स्थगित भएको थियो । प्रहरीका अनुसार बिहान साढे ६ बजेबाट सुरु भएको गोलीकाण्ड राति अबेरसम्म जारी रहेको थियो । घटनामा ज्यान गुमाएका मध्ये एक जना जङ्मिनलुन गङ्ते रहेको बताइएको छ । गङ्ते गाउँका सुरक्षा गार्ड थिए।

    कसैको ज्यान गएको ११ दिनपछि राज्यमा यस्तो हिंसा भएको हो । यसअघि अगष्ट १८ मा उखुरुल प्रहरी चौकी क्षेत्रमा तीन जनाको हत्या भएको थियो । आदिवासी जनजाति नेता फोरमले खोइरेन्टेक वरपरका कुकी-जोमी गाउँहरूमा आक्रमण गर्दा बिहान १० बजेतिर गङ्तेको हत्या भएको जनाएको छ। यद्यपी चुराचन्दपुर प्रहरीले उनको मृत्यु गोली लागेर वा विष्फोटबाट भएको मंगलबार रातिसम्म खुल्न नसकेको जनाएको छ ।

    गोली हानाहानको यो घटनापछि उक्त क्षेत्रमा तैनाथ केन्द्रीय सुरक्षा बल र सेनाले अपरेशन सुरु गरेको थियो । आक्रमणमा संलग्न भएको आशंकामा एक जनालाई पक्राउ गरिएको छ । मणिपुरमा गत मे ३ देखि जातीय हिंसा सुरु भएदेखि नै चुराचन्दपुर-विष्णुपुर सीमामा लगातार झडप र हिंसा भइरहेका छन् । चुराचन्दपुरको पहाडी जिल्ला कुकी-जोमी जनजातिको बाहुल्यता रहेको छ भने विष्णुपुर मेइती बहुल जिल्ला हो।

    राज्यमा झण्डै ४ महिनादेखि जारी हिंसामा अहिलेसम्म १८० भन्दा बढीको मृत्यु भएको छ भने ६० हजारभन्दा बढी विस्थापित भएका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ