Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

कास्कीलाइ बिकासमा नमुना बनाऔं : जि.स.स. कास्की प्रमुख पौडेल


ग्लोबल पाना
बुधबार, भदौ १३ २०८०
  • 472
    SHARES

  • images
    कास्कीलाइ  बिकासमा नमुना बनाऔं : जि.स.स. कास्की प्रमुख पौडेल

    पोखरा । जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले कास्कीलाई बिकासमा नमुना बनाउने गरी काम गर्न कास्कीका स्थानीय तहका जनप्रतिनिधिहरूलाई आग्रह गर्नु भएको छ ।

    images
    images
    images

    पौडेलले जिल्ला समन्वय समिति कास्कीको आयोजनामा स्थानीय तहका जनप्रतिनिधि वडा सदस्यहरूको लागि क्षमता अभिबृद्धी तालिमको समापनको अबसरमा सो कुरा बताउनु भएको हो । पौडेलले बिकासका काम युग सुहाउदो, समय सापेक्ष र वडामा बिकास प्रभाबकारी हुन नसकेको गुनासो सुन्नु नपरोस भन्ने हेतुले कार्यक्रम आयोजना गरीएको उल्लेख गर्नुभयो ।

    उहाँले जनप्रतिनिधिहरूको सबलीकरणमा तालिम कोषेढुंगा साबित भएको दाबी गर्नुभयो । प्रमुख पौडेलले बिकासमा गुणस्तरिय सेवा प्रबाहमा स्थानीय तहका प्रतिनिधिहरूको यो कार्यकाल एतिहासिक र स्वर्णिम हुनुपर्ने र त्यहि अनुसार तालिमबाट प्राप्त ज्ञान सिपलाइ अब्बलरूपमा ब्यबहारमा उतार्न आग्रह गर्नुभयो ।

    जिल्ला समन्वय अधिकारी नवराज बरालले क्षमता निरन्तर बढाउन जरूरी रहेको भन्दै सम्बृद कास्कीको लागि प्रभाबकारी जनप्रतिनिधिहरू निर्माणमा तालिम फलदायी भएको दाबि गरे । जिल्ला समन्वय समिति कास्कीले मंगलबार कास्कीका चारवटा गाउँपालिका र बुधबार पोखरा महानगर अन्तर्गतका वडा सदस्यहरू सहभागी भएको क्षमता बिकास तालिम आयोजना गरेको थियो ।

    कार्यक्रममा बिकासका योजना छनोट ,प्रक्रिया र विधि स्थानीय सरकार संचालनमा वडा सदस्यको भुमिका ,बिद्यमान ऎन कानुन लगायतका बिषयमा प्रशिक्षण प्रदान गरिएको सो कार्यालयका सूचना अधिकारी झबिश्वर रेग्मीले उल्लेख गर्नु भयो।

    कार्यक्रममा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डे , जिल्ला समन्वय अधिकारी नवराज बराल , शाखा अधिकृत झबिश्वर रेग्मी लगायतले सहजीकरण गर्नुभएको थियो।

    जि.स.स. कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उप - प्रमुख सरिता माल र संचालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गर्नुभएको सो कार्यालयले जानकारी दिएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ