Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

स्थापना दिवसमा रेडक्रस कास्कीको अभिमुखिकरण


ग्लोबल पाना
शुक्रबार, भदौ १५ २०८०
  • 440
    SHARES

  • images
    स्थापना दिवसमा रेडक्रस कास्कीको अभिमुखिकरण

    पोखरा । ६१ औं नेपाल रेड्क्रस स्थापना दिवसको अबसरमा नेपाल रेड्क्रस सोसाइटी लैङ्गिक तथा सामाजिक समाबेसिकरण समिति कास्कीद्वारा आयोजित पोखरा महानगर स्तरिय अभिमुखिकरण शुक्रवार पोखरामा सम्पन्न भएको छ।

    images
    images
    images

    कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गर्नु भएको थियो। प्रमुख पौडेलले सामाजिक सेवा र मानव कल्याणमा खेलेको भुमिका अतुलनीय रहेको भन्दै निरन्तर समाज सेवाका कार्यमा लागि रहन आग्रह गर्नुभयो ।

    पौडेलले नेपाल रेडक्रसको ६१ औ स्थापना दिवसको अबसरमा शुभकामना व्यक्त गर्दै आगामी दिनमा सबै मिलेर सुन्दर र समृद्धि कास्की निर्माणका लागि अघि बढ्न आग्रह गर्नुभयो ।

    कार्यक्रममा रेड्क्रस गण्डकी प्रदेशका सभापति सुर्य प्रसाद ढकाल, कास्की सभापति डण्डराज शर्मा, उपसभापति उर्मिला खड्का, रमा त्रिपाठी, कार्यकारी अधिकृत कृष्ण कोइराला लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

    पोखरा महानगर पालिका अन्तर्गतका ३१ वटा उप शाखाका रेडक्रसकर्मी महिलाहरूको सहभागीता रहेको सो अभिमुखिकरण कार्यक्रममा रेड्क्रसका नीति सिद्धान्त, गतिविधि एबम रेडक्रसका बिबिध पक्ष बारे अभिमुखिकरण प्रदान गरिएको थियो।

    नेपाल रेड्क्रस सोसाइटी लैङ्गिक तथा सामाजिक समावेसीकरण समिति कास्कीका संयोजक रमा कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन कार्यालय प्रमुख मोहन सिंह खड्काले गर्नुभएको थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ