Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

पशु बीमामा कृषकको आकर्षण


ग्लोबल पाना
शुक्रबार, भदौ १५ २०८०
  • 335
    SHARES

  • images
    पशु बीमामा कृषकको आकर्षण

    तनहुँ । तनहुँमा विभिन्न बीमा कम्पनीमार्फत पशुधन सुरक्षण (बीमा) को सुविधा प्रदान गरेसँगै कृषकको यसतर्फ आकर्षण बढेको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत जिल्लामा रू १३ करोड १८ लाख ८५ हजार मूल्य बराबरका पशुको बीमा गरिएको छ ।

    images
    images
    images

    जिल्लाका २८ हजार चार सय ९४ पशुको बीमा गरिएको केन्द्र प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार यस कार्यक्रमबाट दुई सय ७१ कृषक लाभान्वित भएका छन् । जिल्लामा सबैभन्दा बढी कुखुराको बीमा गरिएको छ । गत आर्थिक वर्षमा २५ हजार छ सय ५० कुखुराको बीमा गरिएको कार्यालयले जनाएको छ ।

    त्यस्तै सबैभन्दा कम तीन सय १८ बङ्गुरको बीमा गरिएको थियो । बीमाका लागि रू ६५ लाख ९४ हजार सरकारले प्रिमियम शुल्क बापत सहयोग गरेको छ भने रू १३ लाख १८ हजार कृषकले खर्च गरेका कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिए । उनका अनुसार पाँच सय ६४ गाई, चार सय ७८ भैँसी, एक हजार चार सय ८४ बाख्रा, २५ हजार छ सय ५० कुखुरा, तीन सय १८ बङ्गुरको बीमा गरिएको छ ।

    जिल्लामा सगरमाथा, प्रुडेन्सियल र एनएलजी इन्स्योरेन्स कम्पनीले पशुको पशुधन सुरक्षण (बीमा) को सुविधा प्रदान गरिरहेका छन् । पशुधनको बीमा गरेपछि हुने फाइदाका विषयमा पशुपालक कृषकलाई जानकारी गराउँदै यसतर्फ आकर्षित गरिएको केन्द्रका प्रमुख डा श्रेष्ठले बताए । उनका अनुसार बीमा रकम भुक्तानीका लागि किसानले आफ्ना पशुवस्तुको बीमा गरेको कागजात पेश गर्नुपर्ने छ ।

    “किसानले बीमा कम्पनीमार्फत पशुवस्तुको बीमा गर्छन्, बीमा गरिसकेपछि बीमाबापत भुक्तानी गरेको नगदी रसिद, बैंक खातासहित कार्यालयमा निवेदन दिनुपर्छ”, प्रमुख डा श्रेष्ठले भने, “कृषि फार्म भए फार्मको दर्ता प्रमाणपत्र र व्यक्ति भए नागरिकता उपलब्ध गराएपछि प्रक्रिया पु-याएर रकम भुक्तानी गरिदिन्छौँ ।”

    पशुधन सुरक्षण गरेपछि पशुको मृत्यु भएमा पशुपालक कृषकले क्षतिपूर्ति दाबी गर्न सक्ने उनले बताए । “बीमा रकम भुक्तानीका लागि पशु मरेको १५ दिनभित्र सम्बन्धित स्थानीय सदस्य संस्था मार्फत क्षतिपूर्ति दाबीपत्र भरी दाबी गर्नुपर्ने हुन्छ”, डा श्रेष्ठले भने, “क्षतिपूर्ति दाबी गर्दा सम्पूर्ण कागजातहरु संलग्न गरी दाबी गरेमा पोलिसीमा उल्लेखित कर्जा रकमको ८० प्रतिशत रकम सम्बन्धित पशुपालक कृषकलाई दिनुपर्ने प्रावधान छ ।”

    बन्दीपुर गाउँपालिका-५ याम्पाका कृषक काशीनाथ भट्टराईले पशु बीमाले कृषकलाई सहयोग पुगेको बताए । उनले भने, “पशुको मृत्यु भएको खण्डमा बीमामार्फत राहत पाइन्छ, जसले गर्दा कृषकलाई सहयोग पुगेको छ ।”

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ