Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

नक्साका बारेमा प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा छलफल हुन्छ : प्रवक्ता सापकोटा


ग्लोबल पाना
शुक्रबार, भदौ १५ २०८०
  • 378
    SHARES

  • images
    नक्साका बारेमा प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा छलफल हुन्छ : प्रवक्ता सापकोटा

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता अग्निप्रसाद सापकोटाले चीनले जारी गरेको नयाँ नक्साका बारेमा कूटनीतिक माध्यमबाट कुरा गर्नुपर्ने बताएका छन् ।

    images
    images
    images

    पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणका क्रममा उक्त विषयमा छलफल हुने बताए ।

    “चीनले जारी गरेको नक्साका बारेमा कूटनीतिक माध्यमबाट कुरा गर्नुपर्छ । कूटीतिक पहलकदमी बढाउनुपर्छ”, प्रवक्ता सापकोटाले भने, “प्रधानमन्त्रीको चीन भ्रमणका बेलामा कुराकानी हुन्छ ।”

    नक्सा जस्तो महत्वपूणर् विषयलाई किन समेटिएन भन्नेबारेमा कूटनीतिक माध्यमबाट कुरा गर्नुपर्ने उनको भनाइ थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ