Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

एमाले महासचिव पोखरेल नेतत्वको टोली आज चीन जाँदै, को को जाँदैछन् ?


ग्लोबल पाना
शनिबार, भदौ १६ २०८०
  • 342
    SHARES

  • images
    एमाले महासचिव पोखरेल नेतत्वको टोली आज चीन जाँदै, को को जाँदैछन् ?

    काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेल २२ सदस्यीय टोलीको नेतृत्व गर्दै आज चीन भ्रमणमा जाने भएका छन्। १२ दिने भ्रमणका लागि शनिबार राति महासचिव पोखरेल नेतृत्वको टोली चीन जान लागेको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

    images
    images
    images

    चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा पोखरेल नेतृत्वको टोली १२ दिने भ्रमणका लागि शनिबार राति चीनतर्फ प्रस्थान गर्न लागेको उनले बताए। भ्रमण टोलीमा पार्टी स्थायी समिति सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराई, स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमलगायत केन्द्रीय तहका नेता छन्।

    भ्रमण टोलीले चीनका तीन मुख्य शहर छोङछिङ, बेइजिङ र छिङहाइको भ्रमण गर्ने र सो क्रममा चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरका नेतासँग भेटवार्ता हुने प्रमुख गौतमले जानकारी दिए। भेटमा नेपाल र चीनको द्विपक्षीय सम्बन्धका विविध पक्ष र नेकपा (एमाले) र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) बीचको पार्टीगत सम्बन्धका विभिन्न आयामबारे छलफल हुने उनले बताए ।

    भ्रमण टोलीका सदस्यहरु :

    - शंकर पोखरेल, महासचिव

    - डा. राजन भट्टराई, स्थायी कमिटी सदस्य, परराष्ट्र मामिला विभाग प्रमुख

    - राजेन्द्रप्रसाद गौतम, स्थायी कमिटी सदस्य, प्रचार तथा प्रकाशन विभाग प्रमुख

    -ज्वालाकुमारी साह, पोलिटब्युरो सदस्य/प्रतिनिधिसभा सदस्य

     - रामबहादुर मगर (राम राना), केन्द्रीय सदस्य/कोशी प्रदेशसभा सदस्य

    - टुकाभद्र हमाल, केन्द्रीय सदस्य तथा अध्यक्ष, अखिल नेपाल महिला संघ

    - सहदेव बोगटी, केन्द्रीय सदस्य

    - निरजप्रसाद आचार्य, केन्द्रीय सदस्य

    - मञ्जुदेवी गुरुङ, केन्द्रीय सदस्य तथा उपमेयर, पोखरा महानगरपालिका

    - अजयकुमार गुप्ता, केन्द्रीय सदस्य

    - रचना खड्का, केन्द्रीय सदस्य

    - भगवती थापा क्षेत्री, केन्द्रीय सदस्य

    - मानवीर राई, केन्द्रीय सदस्य/प्रतिनिधिसभा सदस्य

    - कपिलदेव पोखरेल, केन्द्रीय सदस्य

    -लक्ष्मणकुमार शर्मा, महासचिव, जिफन्ट

    -पिताम्बर भूषाल, अध्यक्ष, अर्घाखाँची जिल्ला कमिटी - क्षितिज थेवे, अध्यक्ष, राष्ट्रिय युवा संघ नेपाल

    - समिककुमार बडाल, अध्यक्ष, अनेरास्ववियु -गोपाल खनाल, सदस्य, परराष्ट्र मामिला विभाग

    - हुमाकुमारी डीसी, प्रदेश कमिटी सदस्य/उपमेयर घोराही उपमहानगरपालिका सचिवालय

    -राजेश राई

    - सरोजकुमार रेग्मी

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ