Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

देशको अर्थतन्त्रबाट निराश हुनुपर्ने कारण छैनः अर्थमन्त्री डा. महत


ग्लोबल पाना
शनिबार, भदौ १६ २०८०
  • 269
    SHARES

  • images
    देशको अर्थतन्त्रबाट निराश हुनुपर्ने कारण छैनः अर्थमन्त्री डा. महत

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्रबाट निराश हुनुपर्ने कारण नभएको बताउनु भएको छ ।

    images
    images
    images

    हिजो शुक्रबार बुटवल जेसिस स्वर्णजयन्ती समारोह समुद्घाटन एवम् सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री डा. महतले भन्नुभयो, ‘आशा र निराशाका बीचबाट हामी र देश अगाडि बढ्नुपर्नेछ, निश्चिय नै अहिले हामी समस्यामा छौं, अर्थतन्त्र केही समस्यामा छ । ‘तर धेरै निराश हुनुपर्ने कारण छैन ।

    व्यवसायी मर्कामा छन्, उनीहरुको आत्मविश्वासमा कमी आएको छ । नकारात्मक कुरा गरिराख्यो भने हाम्रो आत्मविश्वास घटेर जान्छ । सबैले खराबै मात्र भन्ने हो भने केही गरौं भन्ने भावनाबाट प्रेरित भएर उद्योग व्यवसाय गर्छु भन्ने व्यक्तिसमेत चुप लागेर बस्छन् ।

    जेसिसका साथीहरुले सकरात्मक छलफलको अगुवा गर्न मन्त्री डा. महतले आग्रह गर्नुभयो । अर्थतन्त्रको संकेतलाई राम्रोसँग केलाएर अगाडि बढ्नुको बिकल्प नभएको भन्दै उहाँले अहिले अर्थतन्त्र सुधारका संकेत देखिनु आफैमा सकारात्मक भएको दाबी गनुभयो ।

    अर्थतन्त्रमा देखिएको निरासाको संकेत अस्थायी भएको भन्दै उहाँले यो धेरै समय नरहने बताउनुभयो । अहिले पुँजीको परिचालन भैरहेको भन्दै मौद्रिक नीतिमा कडाई गर्दा ब्याज दर बढेको भन्दै यो दीगो नभएको बताउनु भयो ।

    जेसिजको मूल्य मान्यता र क्रियाकलाप अत्यन्तै महत्वपूर्ण भएको भन्दै अर्थमन्त्री डा. महतले जेसिजको भूमिका लोकतन्त्र र शान्ति स्थापना, व्यवसाय र अन्तर्राष्ट्रिय पहुँचमा विशेष भुमिका खेलेको बताउनुभयो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ