Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

जी-२० बैठकमा सी जिनपिङ भारत नआउने खबर पाएपछि बाइडेन निराश


ग्लोबल पाना
सोमबार, भदौ १८ २०८०
  • 249
    SHARES

  • images
    जी-२० बैठकमा सी जिनपिङ भारत नआउने खबर पाएपछि बाइडेन निराश

    काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले आउँदो साता हुने जी-२० शिखर सम्मेलनका लागि भारत भ्रमण गर्न आतुर रहेको बताएका छन् । तर, चिनियाँ राष्ट्रपति सी जिनपिङ नआउनेको थाहा पाएपछि उनी पनि निराश छन् ।

    images
    images
    images

    ह्वाइट हाउसका अनुसार बाइडेन जी-२० सम्मेलनमा सहभागी हुन सेप्टेम्बर ७ मा भारत आउनेछन् । यसका साथै उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय सम्बन्धका विषयमा पनि छलफल गर्नेछन् । भारत जी-२० को वर्तमान अध्यक्ष हो। त्यसैले उसले डिसेम्बर ९ र १० मा राजधानी दिल्लीमा जी-२० सम्मेलन आयोजना गर्दैछ ।

    बाइडेनलाई आइतवार सोधिएको थियो कि उनी भारत र भियतनाम भ्रमण गर्न कति उत्साहित छन् ? यसमा उनले भनेका थिए- हो। नयाँ दिल्लीमा हुन लागेको जी-२० सम्मेलनमा विश्वभरका धेरै राष्ट्र प्रमुखहरू सहभागी हुनेछन्।

    रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि जी-२० सम्मेलनमा सहभागी हुन भारत आउने छैनन् । उनको स्थानमा रुसका विदेशमन्त्री सर्गेई लाभरोभले प्रतिनिधित्व गर्नेछन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ