Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

क्रिकेट खेलाडीलाई दिने भनिएको रकम उपलब्ध गराउन ज्ञानेन्द्र शाहीको ध्यानाकर्षण


ग्लोबल पाना
सोमबार, भदौ १८ २०८०
  • 265
    SHARES

  • images
    क्रिकेट खेलाडीलाई दिने भनिएको रकम उपलब्ध गराउन ज्ञानेन्द्र शाहीको ध्यानाकर्षण

    काठमाडौं । प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्रबहादुर शाहीले नेपाली क्रिकेट खेलाडीलाई दिने भनिएको रकम उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन्।

    images
    images
    images

    सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उनले विभिन्न देशसँग खेलेर जितेका नेपाली खेलाडीलाई दिने भनिएको रकम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपलब्ध नगराएको भन्दै ध्यानाकर्षण गराएका हुन्।

    सरकार घोषणाअनुसार प्रत्येक १७ लाख रुपैयाँ पाउनुपर्ने भए पनि हालसम्म उपलब्ध नगराएको भन्दै उनले आपत्ति पनि जनाए। भोके पेटमा खेलाडीले क्रिकेट खेलिरहेको भन्दै उनले शुभकामना दिँदैमा मनोबल उच्च नहुने बताए।

    भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्माले एक वर्षमा २७ करोड आम्दानी गरिरहँदा नेपाली टिमका कप्तान रोहित पौडेलका सात लाख २० हजारभन्दा बढी नभएको भन्दै उनले क्रिकेट खेलाडीलाई दिने भनिएको रकम दिन आग्रह गरे।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ