म्याग्दी । मिस्ट्री खोला जलबिधुत परियोजना, नारचयाङ्ग, म्याग्दीमा कार्यरत कर्मचारीहरूका लागी "तपाइले ५ जनाको जीवन बचाउन सक्नुहुन्छ" प्राथिमीक उपचार तालिम, जनरल चेक्जाच र पिस एजुकेसन प्रोग्राम हाइड्रो अपरेशन र मेन्टेन्नेस प्रा. लि. काे आयाेजना र हातेमालो को समन्वयमा कार्यक्रम सम्पन्न भयाे ।
अन्तराष्ट्रिय डाक्टर लक्ष्मी पन्थीको नेत्रुत्वमा १६ र १७ गते शनिवार र आइतवारका दिन सफलतापुर्वक कार्यक्रम सम्पन्न भयो। कार्यक्रमको सुभारम्भ गर्दै प्लान्ट मेनेजर ई. दीपक कुमार साहले जीवन बचाउने यो तालिमले परियोजना भित्र र समाजमा सकारात्मक प्रभाव पार्ने हुनाले तालिम लिन जरुरी रहेको बताउनु भयो। जीवन बचाउने सीप तालिम विशेषगरी बिकट ठाउँमा सबैलाइ लाइफ सेभर बनाउने र आप्त्कालिन अबस्थामा ब्यक्तिको ज्यान बचाउन सकिने उदेश्यले राखेको बताउनुभयो।
सो कार्यक्रममा परियोजनाका २७ जना कर्मचारी र हातेमालोका कार्यक्रम संयोजक प्रतिक्षा पन्थी, नर्स सरीता आचार्य सहभागी हुनु भएको थियो । कार्यक्रममा डा. पन्थीले आपतकालीन अबस्थामा घटना स्थलमा नै ५-७ मिनेटमा नै ज्यान जान सक्ने अप्रत्याशित घट्नाहरुमा घट्नास्थल्मा देख्ने ब्यक्तिले ज्यान बचाउन अपानाउनु पर्ने तालिम सैद्धान्तिक एबम ब्यबहारिक ढङ्गले दिनुभयाे ।
साथै डा. पन्थीले तालिमको अन्तमा परियोजनाका कर्मचारीहरूको स्वास्थ जाँच सँगै परियोजना भित्र रहेका First Aid Box को अडिट गरी Box मा थप समानहरू राख्न सल्लाह दिनुभएको थियो । परियोजनाका मैनेजर यम शमशेर रेग्मी र उज्वल बस्नेतले कार्यक्रमको ब्यवस्थापन गर्न सहजिकरण गर्नुभएको थियो।
एक्जनाले ५ जनाको जीवन बचाउने बिषयहरु: १.घाटिमा तत्काल केही अडकिएर या सर्किएर निसाँसिदै गरेको बिरामिलाइ तीन मिनेटमा बचाउन गरिने बिधि
२. हृदय घात हुदा तत्काल र अन्तिम अबस्थामा बचाउन गरिनु पर्ने बिधी
३. घट्ना स्थलमा रक्तस्राव तत्काल रोक्ने बिधि
४. प्राइमरी सर्बे र बेहोस हुदा अपनाउनु पर्ने CPR विधि
५. संघात जस्ता अत्यन्तै आपतकालीन अबस्थाहरु जस्लाइ आँखा अगाडि नै देख्ने ब्यक्तिले तत्काल घट्नास्थल्मा नै बचाउन सक्ने प्रयोगात्मक बिधिहरु थिए ।
त्यस्तै गरि कार्यक्रममा अन्तर्राष्ट्रिय शान्तिदुत श्री प्रेम रावतज्युको गिनिज बुक अफ वोर्ल्ड रेकर्डको पिस एजुकेसन कार्यक्रम पनि देखाइएको थियो। दोश्रो दिन कर्मचारीको स्वस्थ जाँच कार्यक्रमा ५०% भन्दा बढीको प्रेसरको समस्या देखिएको डा पन्थीले बताउनुभयो । कार्यक्रम पछि सहभागी ई. ओम प्रकाश कापरले “जीवन बचाउने तालिम, पिस एजुकेसन प्रोग्राम र स्वास्थ परिक्षण कार्य्क्रम धेरै नै फल्दायी” भएको र यो बार्सिक कार्यक्रम बनाउने बताउनु भयो ।
कार्यक्रम सम्पन्न भए पछि प्लान्ट मेनेजर साह ज्युले सहभागीहरूलाइ प्रमाणपत्र बितरण गरी जीवन बचाउने आभियानका कल्पनाकार डा पन्थीलाइ परियोजनाको तर्फबाट समान गर्दै धन्यवाद दिनुभयो। डाक्टर लक्ष्मी पन्थीले यो अभियान २०१८ देखि निरन्तर भेरहेको र नेपाल्भरी लैजाने लक्ष्य जान्कारी गराउनु भयो।
यो जीवन बचाउने आभियान यसअघि गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेशका ११ वोटै जिल्लामा र विभिन्न पालिकाहरुले आफ्नो स्वास्थ कार्य्क्रम अन्तर्गत हाल्सम्म १२ वोटा जिल्लामा बिधालय, प्रहरी, अस्पताल लगायत विभिन्न निकायमा पुगेको छ।
यस अभियानका कल्पानाकार डा पन्थी हाल नेपाल एब बेलायतमा कार्यरत डाक्टर हुन। उनी हातेमालो अभियान नेपालकि सन्स्थापक अध्यक्ष पनि हुन।
.gif)




 x 450 (H) Global Pana.jpeg)


