Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

एसीया कप : वर्षाले अवरुद्ध खेल फेरी शुरु


ग्लोबल पाना
सोमबार, भदौ १८ २०८०
  • 311
    SHARES

  • images
    एसीया कप : वर्षाले अवरुद्ध खेल फेरी शुरु

    काठमाडौं । एसिया कपअन्तर्गत श्रीलंकामा जारी नेपाल र भारतबिचको खेल २३ ओभरमा घटाइएको छ । पानी परेर प्रभावित भएको खेल २३ ओभरमा घटाइएको हो ।

    images
    images
    images

    यसअघि नेपालले भारतलाई ५० ओभरमा २३१ रनको लक्ष्य दिएको थियो । तर ओभर घटाइएपछि अब भारतले २ ओभरमा १४५ रनको लक्ष्य पाएको छ । एसिया कपअन्तर्गत नेपालले दिएको २३१ रनको लक्ष्य पछ्याएको भारतले ब्याटिङ शुरु गरेपछि खेल वर्षाले रोकिएको छ ।

    भारतले २ दशमलव १ ओभरमा १७ रन बनाउँदा वर्षा शुरु भएर खेल रोकिएको हो । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४८ दशमलव २ ओभरमा २३० रनमा अलआउट भएको थियो ।

    नेपालका लागि ओपनिङ ब्याट्सम्यान आसिफ शेखले अर्धशतक प्रहार गरे । अर्का ओपनर कुशल भुर्तेल ३८ रन बनाएर आउट भए । कप्तान रोहित पौडेल ५ रनमा आउट हुँदा कुशल मल्ल पनि २ रनमै आउट भए । भीम सार्की ७ रनमा आउट हुँदा गुल्सन झाले २३ रन बनाए ।

    दीपेन्द्रसिंह ऐरीले २९ रन, सोमपाल कामी ४८ रन बनाए । सन्दीप लामिछाने ९ रनमा रनआउट भए भने ललित राजवंशी शून्यमा आउट भएका थिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ