नुवाकोट । यशोदादेवी/भगवानसिंह केसी मेमोरियल ट्रष्टद्वारा नुवाकोट जिल्लाकाे विभिन्न स्थानमा स्वास्थ्य सामग्रीहरु प्रदान गरिएको छ ।
ट्रष्टले नुवाकोट जिल्ला विदुर नगरपालिकाको तुप्चे गाँउमा पुगेर विभिन्न किसिमका स्वास्थ्य सामाग्रीहरु वितरण गरेकाे हाे । स्वास्थ्य सामाग्रीहरु गाउँमा आए सगै गाउँका बासिन्दाहरुमा खुसियाली छाएकाे छ ।
त्यस्तै, ट्रष्टद्वारा बेलकोटगढीको जिलिङ गाउँ र कुमरी गाउँमा पनि विभिन्न किसिमका स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिएकाे छ ।
यस ट्रष्टका अध्यक्ष डा. केदारनरसिंह केसीले गाउँका विभिन्न स्थानमा गएर स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गर्नु भएकाे हाे । उहाँले विदुर-७ तुप्चे साहुगाउँ, बेलकोटगढी-२ कुमरी र बेलकोटगढी-९ जिलिङमा स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गर्नु भएकाे छ ।
डा. केसी समाजसेवी पनि हुनुहुन्छ । उहाँले यस अगि पनि थुप्रै पटक स्वास्थ्य सामाग्री हरु गाउँ गाउँमा गएर वितरण गर्नु भएका कयौं उदाहरणहरु पाईन्छ।
डा. केसीले औषधि तथा विविध स्वास्थ्य उपकरणहरू हस्तान्तरण गर्दै स्वास्थ्य क्षेत्र अझै पनि जनताको पहुँचभन्दा बाहिर रहेका कारण जनताको सुविधाका लागि स्वास्थ्य सामग्रीहरू प्रदान गर्दै आएकाे बताउनु भयाे ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


