Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

हरियो क्याप्सिकम खानुका फाइदै फाइदा


ग्लोबल पाना
मंगलबार, भदौ १९ २०८०
  • 398
    SHARES

  • images
    हरियो क्याप्सिकम खानुका फाइदै फाइदा

    काठमाडौं। हरियो तरकारीमा क्याप्सिकमको नाम पनि समावेश हुन्छ । खैर, हरियो शिमला मिर्च (क्याप्सिकम) बाहेक, रातो र पहेँलो क्याप्सिकम पनि बजारमा सजिलै पाइन्छ र सबै प्रकारका क्याप्सिकम पोषक तत्वले भरिपूणर् हुन्छ।

    images
    images
    images

    तर हरियो क्याप्सिकम अन्य सबै क्याप्सिकमभन्दा बढी लाभदायक मानिन्छ। त्यसोभए हरियो क्याप्सिकम खानुका फाइदाहरू के के छन् जानौं।

    हरियो क्याप्सिकममा धेरै भिटामिन र मिनरल्स पाइन्छ। यो भिटामिन सी, भिटामिन ए र बीटा क्यारोटिनले भरपूर मात्रामा हुन्छ । जसले तपाईंलाई कैयौं रोगबाट बचाउने काम गर्छ । त्यसोभए हरियो सिमलामिरी खानुका फाइदाहरू बारे जानौं।

    पोषणको खजानाः

    हरियो क्याप्सिकमलाई पोषक तत्वको खजाना भनिन्छ । यसमा क्यालोरी, प्रोटिन, कार्बोहाइड्रेट, फाइबर, भिटामिन ए, भिटामिन सी, भिटामिन के, पोटासियम र पाइरिडोक्सिन जस्ता तत्व प्रशस्त मात्रामा पाइन्छ।

    आन्द्राका लागि राम्रोः

    हरियो क्याप्सिकमको सेवन आन्द्राका लागि निकै फाइदाजनक हुन्छ । हरियो क्याप्सिकममा प्रशस्त मात्रामा फाइबर हुन्छ । जसको सेवनले शरीरको पाचन प्रणालीलाई मजबुत बनाउँछ र आन्द्रामा क्यान्सरजस्ता रोग लाग्ने खतरा रहँदैन ।

    एन्टिअक्सिडेन्टले भरिपूर्ण :

    रातो र पहेँलो क्याप्सिकमको तुलनामा, हरियो सिमलामिरीमा धेरै एन्टि-अक्सिडेन्ट तत्वहरू हुन्छन्। अर्कोतर्फ, हरियो क्याप्सिकमलाई भिटामिन सीको उत्तम स्रोत पनि मानिन्छ। यस्तो अवस्थामा हरियो क्याप्सिकम खाँदा उच्च रक्तचाप, क्यान्सर र मुटु रोगको जोखिम कम हुन्छ ।

    मुटु र आँखाको स्वास्थ्यका लागिः

    हरियो क्याप्सिकमको सेवनले कोलेस्ट्रोल, रगतमा चिनीको मात्रा र रक्तचाप नियन्त्रणमा राख्छ। जसका कारण मुटु रोगको जोखिम कम हुन्छ । त्यसैगरी हरियो सिमला मिर्चमा पाइने ल्युटिन नामक तत्वले आँखाको ज्योति बढाउन पनि सहयोगी हुन्छ ।

    तौल घटाउन मद्दत गर्छः

    शरीरको तौललाई नियन्त्रणमा राख्नको लागि दैनिक आहारमा क्याप्सिकमको सेवन गर्नु उत्तम हुन्छ । क्याप्सिकम फाइबरयुक्त र कम बोसोयुक्त खानेकुरा हो। जसको सेवनले मोटोपन घट्छ र पेटको बोसो पनि हट्छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ