Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

चितवनको इच्छाकामनामा दोस्रो इच्छाकामना महोत्सव २०८० आयोजना हुने


ग्लोबल पाना
मंगलबार, भदौ १९ २०८०
  • 471
    SHARES

  • images
    चितवनको इच्छाकामनामा दोस्रो इच्छाकामना महोत्सव २०८० आयोजना हुने

    चितवन । इच्छाकामना महोत्सवका आयोजकद्वारा पत्रकार सम्मेलन गरि दोस्रो इच्छाकामना महोत्सव २०८० यही भदौ २७ गतेदेखी असोज ७ गतेसम्म हुने जानकारी गराएको छ ।

    images
    images
    images

    “कृषि पर्यटन, उद्योग र व्यापार इच्छाकामनाको मुल आधार“ भन्ने मुल नाराका साथ इच्छाकामना उद्योग वाणिज्य संघ मुग्लिन र इच्छाकामना गाउँपालिका वडा नं. ४ को कार्यालयको संयुक्त आयोजना तथा इच्छाकामना एफएम १०२.४ मेगाहर्जको सह आयोजनामा, इच्छाकामना गा.पा.-४ कुरिनटार, भानु ग्यास अगाडी “दोस्रो इच्छाकामना महोत्सव २०८०“ हुने भएको छ ।

    आज एक औपचारिक कार्यक्रम सहित पत्रकार सम्मेलन गरी इच्छाकामना गाउँपालिकाको आर्थिक गतिविधिको चलयमान तथा स्थानीय उत्पादनको बिक्रीवितरण, प्रचारप्रसार र पर्यटन प्रबर्द्धनको बिकासका लागि महोत्सव गर्न लागिएको आयोजकद्वारा आधिकारिक जानकारी दिएइको छ ।

    उक्त कार्यक्रममा महोत्सवका संयोजक उद्योग वाणिज्य संघ मुग्लिनका अध्यक्ष कल्याण गुभाजुले पहिलो महोत्सव २०७५ मा गराउन सफल रहेको र पछिल्लो समयमा कोरोना तथा विविध कारणबस महोत्सव गराउन नसकिएको र आगामी बर्षहरुबाट प्रत्येक बर्ष गरिने बताए ।

    महोत्सवलाई सफल बनाउन विभिन्न उपसिमिति निर्माण गरि काम गरिरहेको र यसको उद्देश्य पछिल्लो अबस्था कोरोनाबाट शिथिल बनेको इच्छाकामनाको अर्थतन्त्रलाई हरेक क्षेत्रबाट चलायमान बनाउन यो महोत्सव महत्त्वपूणर् रहेकोले सबै इच्छाकामना बासी मिलेर सफल बनाउन अनुरोध गरेका छन् ।

    उक्त पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले यहाँको आर्थिक गतिविधिहरुलाइ वृद्धि गर्न यहाँ रहेको स्थानीय पर्यटकीय स्थलहरुको प्रबर्द्धन गर्ने , लुकेका कला साहित्य, संस्कृतिको कलाकारहरुको उजगार तथा संरक्षण गर्न यो महोत्सवको आवाश्यक रहेको बताएका छन् ।

    स्थानिय उत्पादनका प्रोत्साहन गर्न १५ वटा स्टलहरुलाई निशुल्क व्यवस्था गरिने पनि जनाएका छन् । यसैगरी महोत्सवको आर्थिक पाटोलाइ पारदर्शी बनाउदैं यसबाट प्राप्त फाइदाको सम्पूर्ण रकम विपन्न बालबालिकाको शिक्षामा खर्च गरिने बताएका छन् ।

    महोत्सवमा बिक्रीवितरण गरिने सम्पुणर् चिजबिजहरु सहुलियत मुल्यमा गुणस्तर हुनु पर्ने, दिन दिनै गाउँपालिकाबाट चेक जाँज गरिने पनि अध्यक्ष गुरुङले बताए ।

    कार्यक्रममा उपस्थित रहेका विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, संग संस्थाका प्रतिनिधिहरु, स्थानीय निकायका प्रतिनिधिहरुले यस क्षेत्रमा गर्न लागेको महोत्सवको सफलताको शुभकामना दिदै महोत्सवले इच्छाकामनाको सामाजिक आर्थिक र सांस्कृतिक बिकासमा टेवा पुग्ने बताउँदै गुणस्तरहिन चिजहरु नराख्न, जुवा तास हरुलाइ नराख्न र महोत्सव को उचित ब्यबस्थापन गराउन आयोजकलाइ समेत सुझाव दिए।

    महोत्सवका संयोजक, कार्यक्रमका सभाअध्यक्ष इच्छाकामना गाउँपालिकाका वडा नम्बर ४ का वडाध्यक्ष रुद्र उप्रेतीले पत्रकारहरुको जवाफ दिदै यो समयमा अन्य ठाउँमा महोत्सव नहुने र महोत्सव को लागि चाहिने श्रोत साधन सजिलै उपलब्ध गराउन सकिने भएकोले महोत्सव सुन्तलाको मौसममा नगरी तिजको अबसर पारेर गरिएको बताए ।

    महोत्सवमा करिब १ लाख भन्दा धेरै दर्शकहरुले अवलोकन गर्ने अनुमान रहेको पनि उनले जानकारी दिए । महोत्सवमा बाहिरबाट आगन्तुकलाई १०० रुपैयाँ र स्थानिय बिद्यार्थीहरुलाइ ८० रुपैयाँको टिकट लाग्ने साथै कार्यक्रम स्थलहरु धमाधम बनिरहेको जानकारी गराए । साथसाथै आयोजक टिमले दोश्रो महोत्सवका आकर्षण तथा उद्देश्यहरु पनि प्रस्तुत गरेका छन् ।

    धार्मिक तथा पर्यटकिय स्थलहरू इच्छाकामना मन्दिर, जय बाल गौरी पाथीभरा सिंहदेवी मन्दिर, सिराइचुली, उपरदाङगढी लामो झरना तथा मनकामना मन्दिरको विशेष प्याकेजमा पदयात्रा तथा अवलोकन गराइने, त्रिशूली नदीमा र्याफ्टिङ गराइने, आदिवासी जनजाति तथा सीमान्तकृत समुदायको भेषभुषा, रहनसहन तथा संस्कृतिहरुको प्रदर्शनी गराइने, औद्योगिक प्रदर्शनी गराइने, घरेलु एवं कृषि प्रदर्शनी गराइने, राष्ट्रिय स्तरका हाँस्य कलाकारहरुद्वारा दैनिक मनोरञ्जनात्मक कार्यक्रम हुने, राष्ट्रिय स्तरका कलाकारहरुका साथमा दैनिक सांस्कृतिक कार्यक्रम स्थानिय कलाकारहरु द्वारा दैनिक मनोरन्जनात्मक कार्यक्रमहरु संचालन गरिने, विविध बाल मनोरञ्जनका खेलहरु खेलाइने, दोश्रो इच्छाकामना डान्स आइडल कार्यक्रम गरिने, बृहत तीज गीत प्रतियोगिता कार्यक्रम गरिने, खाना महोत्सव संचालन गर्ने र साथमा अन्य मनोरञ्जनात्मक कार्यक्रमहरु गरिने जनाइएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ