काठमाडौं। नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघको सातौं महाधिवेशनमा केन्द्रिय कोषाध्यक्ष पदमा(स्वतन्त्र उम्मेदवार) रोल्पाका विक्रम बाठा मगर निर्वाचित भएका छन्। मंगलबार सम्पन्न भएको गण्डकी प्रदेशको स्थायी राजधानी पोखरामा भएको अधिवेशनबाट(स्वतन्त्र) उम्मेदवारी दिई दुई प्यानलका प्रतिद्वन्द्वीलाई पछी पार्दै बाँठा मगर कोषाध्यक्षमा निर्वाचित भएका हुन्।
देशभरबाट १ सय २७ मतदाता मध्ये बाठा मगरले आफ्नो पक्षमा ६६ मत पार्दै स्वतन्त्रबाट कोषाध्यक्षमा निर्वाचित भएको जानकारी दिए।
उनले भने,‘मेरा दुई कोषाध्यक्ष पदका प्रतिद्वन्द्वी एक जना कृष्ण गोपाल राजथलाले आफ्नो पक्षमा १९ मत पार्नुभयो भने अर्का प्रतिद्वन्द्वी किशोर वरुण श्रेष्ठले २९ मत ल्याउनु भयो।’ उनले अगाडि भने,‘मेरो केही मत बदर समेत भएको थियो र बदर नभएको भए अझै मेरो पक्षमा मतको संख्या बढ्ने थियो।’
सोमबार ११ बजेसम्म चलेको मतदानको मंगलबार बिहान ४ बजे मत परिणाम घोषणा भएको थियो । बाठा मगर माओबादि निकट अखिल नेपाल खेलकुद महासंघका केन्द्रीय सदस्य तथा अन्तर्राष्ट्रिय रेफ्री र परिवर्तन गाउँपालिका खेलकुद विकास समिति रोल्पाका अध्यक्षसमेत हुन्।
.gif)




 x 450 (H) Global Pana.jpeg)


