Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

‘वाइवाइ इन्डिया’को ब्रान्ड एम्बेस्डर बने आयुष्मान खुराना


ग्लोबल पाना
बुधबार, भदौ २० २०८०
  • 302
    SHARES

  • images
    ‘वाइवाइ इन्डिया’को ब्रान्ड एम्बेस्डर बने आयुष्मान खुराना

    काठमाडौं । बलिउड अभिनेता आयुष्मान खुराना चौधरी ग्रुपको सीजी फुड्सको वाइवाइको ब्रान्ड एम्बेसडर भएका छन् । खुराना वाइवाइको भारतका लागि एम्बेसडर भएका हुन् । सीजीले प्रेस विज्ञप्ति जारी गर्दै खुरानालाई आबद्ध गरेको जनाएको हो । भारतमा वाइवाइलाई ‘वाइवाइ वाला टेष्ट’ ट्यागलाइन दिएर प्रचारप्रसार गरिन्छ ।

    images
    images
    images

    सीजीले भनेको छ, ‘सीजी कोर्व ग्लोबलको एफएमसीजी डिभिजन, सीजी फुड्स, प्रतिष्ठित चाउचाउ ब्रान्ड वाइवाइ बलिउडका सुपरस्टार आयुष्मान खुरानालाई ब्रान्डको नयाँ एम्बेसडरको रूपमा आफ्नो रोमाञ्चक साझेदारीको घोषणा गर्न पाउँदा हर्षित छ । २५ वर्षको समृद्ध विरासत र युवाहरूमाझ समर्पित फ्यानबेसको साथमा वाइवाइ आयुष्मान् खुरानासँग मिलेर आफ्नो बजार उपस्थितिलाई बलियो बनाउन तयार छ ।

    जसको प्रामाणिक र बहुमुखी व्यक्तित्व युवा पुस्तासँग दृढतापूर्वक प्रतिनिधित्व गर्छ ।’सीजी फुड्स र सीजी कर्प ग्लोबल इन्डियाका प्रबन्ध निर्देशक वरुण चौधरीले यस साझेदारीमा खुशी व्यक्त गर्दै भने, ‘आयुष्मान खुरानासँग सहकार्य गर्नु मेरो उच्च प्राथमिकता थियो, र हामी यति छिटो सँगै आएकामा म हर्षित छु ।’

    आयुष्मान खुरानाले यस सहकार्यमा टिप्पणी गर्दै भने, ‘वाइ वाइ जस्ता युवा केन्द्रित ब्रान्डसँग आबद्ध हुन पाउँदा एकदमै खुशी लागेको छ । यसले प्रदान गर्ने जीवन्त र विविध प्रकारका उत्पादनहरू हुन् । विदेशी नुडल्सको एक श्रृंखलाबाट प्रत्येक स्वाद, क्षेत्र र प्राथमिकता, ब्रान्ड यसको नाममा रहन्छ ।’ सीजी फुड, सीजी कर्प ग्लोबलको एफएमसीजी कम्पनी हो । नेपालमा आधारित बहुराष्ट्रिय कंग्लोमेट सीजी कर्प ग्लोबलको २७ भन्दा बढी देशमा १६० भन्दा बढी कम्पनी र १२३ भन्दा बढी ब्रान्ड रहेका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ