Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

यामाहाद्वारा ‘राइड टु मोटो जीपी’को घोषणा


ग्लोबल पाना
बुधबार, भदौ २० २०८०
  • 460
    SHARES

  • images
    यामाहाद्वारा ‘राइड टु मोटो जीपी’को घोषणा

    काठमाडौं। यामाहा नेपालले मोटो जीपीका प्रशंसकहरूलाई उत्साहित बनाउने गरी ‘राइड टु मोटो जीपी’ इभेन्टको घोषणा गरेको छ। भारतमा पहिलो पटक मोटो जीपी आयोजना हुने अवसरमा यामाहा नेपालले आफ्नो प्रेस विज्ञप्ति मार्फत् यस ऐतिहासिक अवसरको घोषणा गरेको हो।

    images
    images
    images

    नेपाली मोटरसाइकलको इतिहासमै पहिलो पटक यामाहा नेपालले दशजना यामाहा राइडरहरूलाई आठ दिने मोटरसाइकल यात्रामा काठमाडौंदेखि बुद्ध इन्टरनेशनल सर्किट, नोएडासम्म मोटो जीपी हेर्न भारत लैजाने भएको छ।

    २०२३ को २० सेप्टेम्बरदेखि ब्लू स्क्वायर, नक्सालबाट सुरु भएर २३ मोटो जिपिको प्रत्यक्ष अनुभब गरी त्यहाँ बाट पुन काठमन्डौ फर्की यो यात्रा सम्पन्न हुनेछ।

    छानिएका यामाहा राइडरहरूले मोटोजीपी इन्डियामा अभ्यास सत्र, क्वालिफायर हुँदै रेससम्मको रेसिङ अवलोकनको अनुभव प्राप्त गर्नेछन्। मोटो जीपी भारतमा सन् २०२३ को २२ देखि २४ सेप्टेम्बरसम्म हुँदैछ।

    यामाहाले नेपाली समुदायका बिचमा रेसिङको भावनालाई जगाउने काम गरेको गरिरहेको छ। यामाहाका स्पोर्ट्स मोटरसाइकल र मोटोजीपीप्रति यामाहाका राइडरहरूको उत्साहलाई मनन् गर्दै ‘राइड टु मोटो जीपी’ को इभेन्ट तयार गरिएको हो।

    यसमा सहभागिताका लागि यामाहा नेपालले एक विशेष माइक्रोसाइटको सिर्जना गरेको छ जहाँ यामाहा राइडरहरूले पहिलो चरणको दर्ताका लागि आफ्ना प्रारम्भिक विवरणहरू पठाउन सक्नेछन्।

    पहिलो चरणको दर्ता कार्यक्रम सेप्टेम्बर ९, २०२३ सम्म रहनेछ। दर्तापछि यामाहाले अर्को राउन्डको छ्नौट प्रकृया अघी बढाउनेछ। यामाहाले दशजना राइडरहरूको छनोट गर्नेछ। छनोट भएकाहरूले केही नियम र सर्तहरू पनि पालना गर्नु पर्नेछ।

    “हामीले धेरै मोटरसाइकल र मोटो जीपी फ्यानहरूले आफ्नो दुई पाङ्ग्रेमा भ्यालेन्टिनो रोसीका ख्च्द्धट स्टिकरहरू लगाएको देखेका छौं। त्यतिमात्र नभई गियाकोमो अगोस्टिनी, जोर्जे लरेन्जोजस्ता यामाहा राइडरहरूले पनि युवाहरूलाई रेसिङमा उत्प्रेरित गरेका छन्। मोटो जीपीमा हालका यामाहाका फेबियो क्वार्टारारो पनि यसमा अगाडि छन्।  यामाहा चढ्नेहरू, जो मोटो जीपीका प्रशंसक छन् र जो रेसको साक्षी भई त्यस रोमान्चक क्षणमा जिउन चाहन्छन्, वहाँहरुका लागि ‘राइड टु मोटो जीपी’ एक अविष्मरणीय अवसर हो। हामी यामाहाका तर्फबाट सबै यामाहाका राइडरहरूलाई यस प्रतियोगिताको लागि आवेदन दिन र जीवनमा अविस्मरणीय क्षण प्राप्त हुने अवसरको रुपमा अनुभव गर्न अपील गर्दछौं। हामी यो घोषणा गर्न पाउँदा एकदमै खुसी छौं ” एम. ए. डब्लूका यामाहा डिभिजनका सीईओ राजु क्षेत्रीले आव्हान गरे।

    यामाहा मोटरको स्थापनादेखि नै यसको कर्पोरेट संस्कृतिको रूपमा मोटरस्पोर्टहरू अनिवार्य रूपमा रहँदै आएका छ। राइड टु मोटो जीपी, मोटो जीपीको रोमान्चकतालाई नेपाल नजिकै ल्याउन र धेरै मोटरस्पोर्टका उत्साहीहरुलाई रेसिङतर्फ आकर्षित गर्नका लागि एउटा कोसेढुङ्गा हो। यसैगरी यामाहा नेपालले नेपालमा रेसिङ इभेन्टहरुको प्रवर्धन गर्दै आएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ